Aamsanchar

बगेर बेपत्ता तीन छात्राको खोजी

Author Image
मङ्गलवार, असार ३१, २०७६

माई।

गत असार २८ गते शनिबार बिहानदेखि बेपत्ता भएका माई नगरपालिका –१ जुवालेका तीन बालिकाहरुको प्रहरीको विपद् ब्यबस्थापन टोलीले सोमबारबाट खोजी शुरु गरेको छ ।

स्कूल बिदा भए पछि घर हिँडेका जुवालेका १५ बर्षीया आकृति लिम्बू, १४ बर्षीया निशा सुनुवार र १२ बर्षीया सुनीता साउदेन खोला तर्ने त्रममा बेपत्ता भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् ब्यबस्थापन टोलीले सोमबारबाट खोजी शुरु गरेको हो ।

माई नगरपालिका र देउमाई नगरपालिका बीचको माईखोलाबाट खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो । बेपत्ता रहेका बालिकाहरुको माई नगरपालिका –१ को चण्डालघाटबाट खोजी कार्य शुरु गरिएको सशस्त्र प्रहरी इलामका डिएसपी हरि थापाले जानकारी दिए ।

टोलीमा सशस्त्र प्रहरी १ नम्बर बाहिनी इटहरीका नौ जना र नेपाल प्रहरीका एक जना स्पेशल टोलीको सहभागिता रहेको बताइएको छ । माई खोला भित्र र्याफ्टीङका माध्यमबाट बालिकाहरुको खाजी भइरहेको छ ।

स्थानीय प्रहरी, संघसंस्था, स्थानीयबासिन्दा र युवाहरुले समेत ट्युवको सहयोगबाट तथा खोला किनारमा खोजी गरिरहेको लोदिया प्रहरी चौकी दानाबारीका इञ्चार्ज विमलकुमार निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)