Aamsanchar

घाटी थिचेर श्रीमतीको हत्या

Author Image
मङ्गलवार, जेठ ४, २०७३

hatya1
झापा
झापाको बिर्तामोडमा एक ब्यक्तिले घााटी थिचेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
बिर्तामोड नगरपालिका ६ स्थित हरि प्रसाद राजवंशीको घरमा डेरा लिई बसेका ३५ वर्षीय दिपक अग्रवालले आफ्नै २५ वर्षिया श्रीमती ज्योती अग्रवालको सोमबारराती हत्या गरेका प्रहरीले जनाएको छ ।
राती करिब १२ बजेतिर दुबै विच वादविवाद उत्पन्न भएको र सोहि विषयमा अग्रवालले श्रीमती ज्योतीको घााटी थिचेर हत्या गरेको घर धनी हरिप्रसादले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक खड्गप्रसाद खत्रीले जानकारी दिए ।
प्रहरी हत्यामा संलग्न दिपकलाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर