Aamsanchar

वारि जमुना पारि जमुनाका गायक खेमराजको अवस्था गम्भीर

Author Image
बिहिवार, भदौ ९, २०७३

काठमाडौं:

bd6b38e820152d2b9010835966266077

कुनैबेला ‘वारि जमुना पारि जमुना’ गीत गाएर चर्चाको शिखरमा पुगेका गायक खेमराज गुरुङ अहिले जीवन र मृत्युसँग संघर्ष गरिरेहका छन् ।  कलेजोमा समस्या आएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएका गायक गुरुङको मृगौलामा पनि समस्या आएपछि स्वास्थ्य झन जटिल बनेको हो ।

कलेजोमा गम्भीर समस्या देखिएपछि मेडिकेयरमा उपचाररत गुरुङको मृगौलामा समेत समस्या देखिएको त्यहाँका चिकित्सकहरुले जनाएका छन् ।  गुरुङको स्वास्थ्य अवस्था गम्भर बनेपछि बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिएको थियो ।

तर मेदान्ताका चिकित्सकहरुले तत्काललाई काठमाडौंमै उपचार जारी राख्न सुझाव दिएपछि यहीँ उपचार जारी राखिएको उनका साथी गायक भिषण मुकारुङले जानकारी दिए ।

गुरुङको अहिले मेडिकेयरको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मुकारुङले जानकारी दिए । गुरुङले ‘वारि जमुना पारि जमुना’ सहितका चर्चित लोक तथा आधुनिक गीत गाएर चर्चा बटुलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 414

प्रतिक्रिया (०)