Aamsanchar

राष्ट्रपति भण्डारीसँग उपप्रधानमन्त्री निधिको भेट

Author Image
बिहिवार, भदौ ९, २०७३

काठमाडौँ ।

download

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधिले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणका बेला भएका उच्च भेटघाट र भारतीय उच्च अधिकारीहरुले नेपालप्रति देखाएको सदासयताका बारेमा जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भारत भ्रमणमा उपप्रधानमन्त्री निधिले राष्ट्रपति भण्डारीका तर्फबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुका साथै राष्ट्रपति भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी गर्नुभएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर