Aamsanchar

को बन्ला मिस एसएलस ? बुधबार फाइनल

Author Image
मङ्गलवार, जेठ ४, २०७३

slc miss

बिर्तामोड।
ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्ट बिर्तामोडको आयोजनामा ग्लोबल म्यानेजमेन्ट फाउण्डेशन मिस एसएलसी झापा २०१६ को फाइनल आज बुधबार बिर्तामोडमा गर्ने तयारी भएको छ ।
एसएलसी दिएका झापाका २५ जना किशोरी प्रतियोगितामा सहभागी रहेको मंगलबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा ड्रिम्स वल्र्डका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए । किशोरीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामार् नायिका ऋचा शर्मा, गायक सुगम पोखरेल, सञ्चारकर्मी राधाकृष्ण धिताल, नायिका वर्षा राउत र मोडल सुशील नेपालले निर्णायकको भूमिका निर्वाह गर्ने सो अवसरमा जानकारी दिइयो ।
मिस एसएलसी झापाको उपाधि जित्ने बिजेताले ५० हजार नगद तथा उच्च शिक्षाका लागि कक्षा १२ सम्म पूर्ण छात्रवृत्ति प्राप्त गर्ने बताइएको छ । त्यस्तै फस्ट रनर अप र सेकेण्ड रनर अपलाई नगद तथा ५० प्रतिशत छात्रवृत्ति दिइने कार्यक्रम संयोजक चेतन अधिकारीले बताए । ड्रिम्स वल्र्डकी अध्यक्ष निशा खड्काको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा सचिव सुष्मा कार्की, सञ्चार संयोजक प्रदीप परियार लगायतले मिस एसएलसी झापाको फाइनल तयारी बारे जानकारी गराएका थिए । २० दिन बन्द प्रशिक्षणमा राखेर नेतृत्व, व्यक्तित्व तथा भविष्यमा उपयोगी ज्ञानसीप सहभागीलाई प्रदान गरिएको बताइएको छ । ड्रिम्स वल्र्डले मिस एसएलसी झापा लगत्तै मिस मेचीको समेत तयारी गरेको प्रबन्ध निर्देशक पुडासैनीले बताए । उक्त टिमले यसअघि मिस टीन झापा २०१५ को आयोजना सफल रुपमा सम्पन्न गरेको पनि सो अवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर