Aamsanchar

‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

Author Image
बिहिवार, भदौ ९, २०७३

काठमाडौँ,

bd6b38e820152d2b9010835966266077 चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले  जानकारी दिए ।

गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए । गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत गायक भेटवालले जानकारी दिए ।

गुरुङका आलुतामा, धरान–पोखरा, सोल्टी, अनमोल, ढाक्रे, जीवन, जीवन–२लगायत एल्बम चर्चित छन् ।  उनको अवस्था गम्भिर भएपछि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी गरेपनि लैजान नसकिने अवस्था भएकाले रोकिएको थियो ।

स‌खुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको पूवी पहाडको लोकभाका ‘वारि जमुना पारि जमुना’ एक ताका धेरैको जिब्रोमै झुण्डिने गर्दथ्यो । उनको एक दर्जन एल्वम छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर