Aamsanchar

नेविसङ्घमा पद हस्तान्तरण

Author Image
बिहिवार, भदौ ९, २०७३

काठमाडौँ ।

nebi-sang_NSU-300x200

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवशेनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा पद हस्तान्तरण गरिएको छ ।

नयाँ कार्यसमितिलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण गर्न यहाँ आज आयोजित कार्यक्रममा काँग्रेस सभापति देउवाले आफ्नो पुस्ताले पार्टीमा धेरै काम र जिम्मेवारी सम्हालीसकेको बताउँदै अब नयाँ पुस्ताले गर्ने बेला आएको छ भन्नुभयो ।

धेरै चुनौती पार गरेको नेविसङ्घको महाधिवशेन सम्पन्न भएको अवगत गराउँदै सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्न नयाँ नेतृत्वलाई सुझाव दिनुभयो । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसङ्घको लामो समयदेखि अवरुद्ध महाधिवेशन सम्पन्न भई प्रणाली बसेको बताउँदै नवनिर्वाचित नेतृत्वलाई जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने सुझाव दिनुभयो । उहाँले लोकतन्त्रलाई संस्थागत गर्न संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै त्यसमा नेविसङ्घलाई लाग्न निर्देशनसमेत दिनुभयो ।

नेता डा रामशरण महतले मुलुकमा लामो समय राजनीतिक आन्दोलन मात्र भएको बताउँदै अब आर्थिक विकासमा जुट्नुपर्ने बेला आएको र त्यसमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । नेता डा प्रकाशशरण महतले धेरै चुनौती पार गरेर नेविसङ्घको महाधिवेशन भएको जानकारी गराउँदै आगामी दिनमा विधिविधानबाट चल्न नयाँ नेतृत्वलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेविसङ्घ अध्यक्ष नैनसिंह महर, निवर्तमान अध्यक्ष रञ्जीत कर्ण, अध्यक्षका प्रमुख प्रत्यासी मनोजमणि आचार्य महामन्त्रीद्वय कुन्दनराज काफ्ले र सरोजकुमार थापालगायतले मुलुकको राजनीतिक परिवर्तनमा नेविसङ्घको भूमिकाका बारेमा चर्चा गर्दै भावी दिनमा गर्नुपर्ने योजनाका बारेमा प्रकाश पार्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर