Aamsanchar

१३ मन्त्रीले थाले काम

Author Image
शुक्रवार, भदौ १०, २०७३

CqwqhGlXgAESU0J

 

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनियताको सपथ गराइन् ।

नेपाली कांग्रेसको तर्फबाट अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन्  ।

यसैगरी सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् ।

गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर