Aamsanchar

हिमालपारि भारतीय राजदूत जानुको रहस्य

Author Image
शुक्रवार, भदौ १०, २०७३

ranjit

बेंसीशहर ।

नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुग्नुभएको छ ।

भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुग्नुभएको हो ।

हेलिकप्टरबाट उहाँ बिहान १०.४५ बजे माथिल्लो मनाङ पुग्नुभएको हो । राजदूत राय विकट गाविस फू गाउँमा ओर्लने कार्यक्रम भए पनि खराब मौसमका कारण माथिल्लो मनाङमा अवतरण गराइएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।

राजदूत रायले भ्रमणका क्रममा ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्नुहुनेछ भने भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब रु तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको अवलोकन गर्नुहुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर