Aamsanchar

‘कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु प्राथमिकता’

Author Image
शुक्रवार, भदौ १०, २०७३

dipak giri

काठमाडौँ ।

नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताउनुभएको छ ।

सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उहाँले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो–“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्याङ्कन गर्छु ।”

मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

सो अवसरमा उहाँले सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयस्तरीय समस्या समाधान बैठक यही आइतबार (भदौ १२) बोलाउन गर्नुभएको प्रस्ताव स्वीकृत गर्नुभयो ।

विसं २०१८ मा हेकुली–९ दाङमा जन्मिनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरी पहिलोपटक मन्त्री बन्नुभएको हो । विसं २०२९ देखि राजनीतिमा आबद्ध उहाँ पछिल्लो समयमा दाङ क्षेत्र नं ५ बाट काँग्रेसतर्फबाट सांसद निर्वाचित हुनुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर