Aamsanchar

 पुरुषको यौनाङ्ग प्रत्यारोपण सफल

Author Image
बुधवार, जेठ ५, २०७३

 

 

 

वासिङ्टन ।

अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको समाचार छ ।

अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको यौनाङ्गमा क्यान्सर लागेर झरेको बताइएको थियो ।

अर्का एकजना अमेरिकी नागरिकले मृत्युपछि दान गरेको उनको यौनाङ्ग म्यानिङमा प्रत्यारोपण गरिएको हो । आफ्नो यौनाङ्ग झरेपछि त्यसको दाताको खोजीमा उनी रहेका थिए ।

अमेरिकाको बोस्टनमा रहेको म्यासाचुसेट्स जनरल अस्पतालमा १५ घन्टा लगाएर सो यौनाङ्ग प्रत्यारोपणको शल्यक्रिया हालैमात्र सम्पन्न भएको सो अस्पतालले जनाएको छ ।

उक्त अस्पतालले भनेको छ– प्रत्यारोपण गरिएको सो अङ्ग तथा ती बिरामीको अवस्था राम्रो हुँदै गएको छ, रगत बगेको छैन र यसले पूरै रूपमा कामगर्ने देखिएको छ ।

संसारमा यो शल्यक्रिया तेस्रो भएको बताइएको छ । तर अमेरिकामा भने यो पहिलो भएको पनि समाचारमा उल्लेख गरिएको छ ।

यौनाङ्ग प्रत्यारोपण सफल भएपछि म्यानिङ्ले आपूmलाई यौनाङ्ग दिने दाता र उनका परिवारलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

उनको अङ्गले केही समयपछि नै राम्रोसँग कामगर्ने चिकित्सकहरूले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)