Aamsanchar

प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु

Author Image
बुधवार, जेठ ५, २०७३

इलाम । सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ ।

सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको हो ।

गुल्मका डिएसपी लकेश तुम्बाहाम्फेले मामाका छोरा दीपराज आङदेम्बेको कुखुराको खोर बनाउन गुल्मका तीन प्रहरीलाई खटाएका थिए ।

त्यससम्बन्धी फोटोसहितको समाचारलाई लिएर सशस्त्र प्रहरी बराह बाहिनी पकलीले छानबिन सुरु गरेको हो । एसपीको कमान्डमा छानबिन समिति बाहिनीका एसपी भुवनेश्वर प्रसादको कमान्डमा छानबिन समिति गठन गरिएको छ ।

समितिले बुधबारदेखि इलाम पुगेर छानबिन गर्ने बराह बाहिनीका डिआइजी सुरज श्रेष्ठले बताए । समितिमा द्रोणकुमार पोखरेल र इन्स्पेक्टर दुर्गा भट्ट सदस्य छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)