Aamsanchar

अझै आएन सरकारको साझा कार्यक्रम

Author Image
शुक्रवार, भदौ १७, २०७३

काठमाडौंः

prachanda-1

सरकार गठन भएको झण्डै एक महिनासम्म पनि सरकारको साँझा नीति तथा कार्यक्रम आउन सकेको छैन । नयाँ सरकार गठन भएपछि उसको प्राथमिकता के हो भन्ने विषयमा जनताले न्युनतम साँझ नीति तथा कार्यक्रम सार्वजनिक भएपछि थाहा पाउने संसदीय प्रणालीको पद्धती हो । तर प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वार्चित भएको अव चार दिनपछि एक महिना पुग्न लाग्दा समेत उक्त कार्यक्रम सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री निर्वाचित भए लगत्तै काग्रेस र माओवादीका नेताहरु सहभागि सरकारका न्युनतम साँझ कार्यक्रम तयारीका लागि कार्यदल गठन भएको थियो । तर कार्यदलमा रहेका अधिकांश मन्त्री बनेपछि अहिले कार्यदलले खासै काम गरेको छैन । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक लगायतका नेताहरु सहभागि थिए भने माओवादीबाट कृष्णबहादुर महरा, बर्षामान पुन लगायतका नेताहरु थिए ।

सत्ता गठवन्धनका मुख्य दुई दल माओवादी केन्द्र र कांग्रेसबीच पछिल्लो समय सरकारका साँझ न्यनुतम कार्यक्रममा विषयमा एउटा पनि छलफल भएको छैन । सुरुमा मोआवादीभित्र सरकारमा सहभागि मन्त्रीहरु चयनमा देखिएको विवाद, त्यसपछि कांग्रेसको भातृ संस्था नेविसंघको महाधिवेशन लगायतका गतिविधिले गर्दा पनि सरकारले साँझ कार्यक्रम निर्माणमा ध्यान दिएको छैन ।

एक महिनासम्म पनि साँझ कार्यक्रम नआउदा यो सरकारको साझ कार्यक्रमनै नआउन सक्ने पनि देखिएको छ । एक महिनासम्म पनि सरकारको साँझ कार्यक्रम नआउदा कर्मचारीतन्त्र पनि सरकारको प्राथमिकताका विषय के हुन भन्नेमा अन्यौलमा परेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर