Aamsanchar

पत्रकार तिर्थ सिग्देलको ‘जीवनको गति’ पुस्तक विमोचन

Author Image
शनिवार, भदौ १८, २०७३

बिर्तामोड । झापाका पत्रकार तीर्थ सिग्देलको ‘जीवनको गति’ नामको पुस्तक बिमोचन गरिएको छ । बिर्तामोडमा आयोजित एक समारोहमा प्राज्ञ यज्ञराज प्रसाई र अग्रज साहित्यकार सरोज कुमार ओलीेले संयूक्त रुपमा पुस्तकको बिमोचन गरेका हुन् ।

पत्रकारिता गरेको २० बर्षको अवधिमा देखे, भाोगेका कतिपय घटनाहरु सिग्देलले पुस्तकमा समावेश छन् । पुस्तकमा २००७ सालको क्रान्तिपछि ०६२/६३ सालसम्मको आन्दोलनका कुरालाई सिग्देलले पुस्तकमा अटाएका छन् ।

th

पुस्तक विमोचन समारोहमा प्रर्दशन भएको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डेलाई सम्मान गर्दै । पत्रकार तिर्थ सिग्देल, इलामा प्रहरी कार्यालय विर्तामोडमा डिएसपी खड्गबहादुर खत्री, नेपाली सेना चारआली व्यारेकका गणपति खेमराज पौडेल ।

१० वर्षको जनयुद्धलाई पुस्तकमा धेरै महत्व दिइएको बताइएको छ । जनयुद्धको अवधिमा पत्रकारले भोगेका कुरा पनि पुस्तकमा समावेश गरिएको लेखक सिग्देलले बताएका छन् । पत्रकारलाई समाजलाई कसरी हेर्छ भन्ने कुरा पनि पुस्तकमा समावेश गरिएको बताइएको छ ।

प्रमुख अतिथी साहित्यकार यज्ञराज प्रसाईले कतिपय पत्रकारले पत्रकारिता पेशाको बदनाम गरिरहेको समयमा सिग्देलले पत्रकारितालाई उदाहरणका रुपमा पुस्तकमा समावेश गरेको आफूले पाएको बताए । उनले चेतनशिल, अलि बढी जानकार, सचेत, समाजमा जिम्मेवार ब्यक्ति पत्रकार हुने धारणा राख्दै पत्रकार र साहित्यकारहरुले समाजलाई एउटा सकारात्मक दृष्टिकोण दिन सक्नु पर्ने धारणा राखे ।

सोहीक्रममा पत्रकार गणेश पाण्डेले निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ पनी प्रदर्शन गरिएको थियो । ०७२ बैशाखमा गएको भूकम्पको विषयमा तयार पारिएको उक्त डकुमेन्ट्री हेर्ने सबैका आँखा रसाए । ४५ मिनेटको डकुमेन्ट्री हेर्दा सुरुदेखि अन्त्यसम्म नै आँशु पुछिरहे कार्यक्रममा उपस्थित अधिकांश महिलाले । भूकम्पपछि अङ्गभङ्ग भएकाहरुको पीडादायी कथालाई शसक्त ढङ्ले प्रस्तुत गरेका छन् पाण्डेले, डकुमेन्ट्रीमा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)