Aamsanchar

युएईमा ‘’आमा मलाई त्यही केटि चाहिन्छ……’’

Author Image
आइतवार, भदौ १९, २०७३

[भरत शिवाकोटी]

 

युएई ।

’’झापाली समाज युएईको नयाँ सोच असाहय बालबालिकाहरुका लागि १० लाखको अक्षय कोष’’ भन्ने मुल उदेश्यका साथ गत सेप्टेम्बर- २ शुक्रबारका दिन नारिहरुको महान चाड हरितालिका तिज विशेस भव्य साङ्गितिक कार्यक्रम झापाली समाज युएईको आयोजनामा काल्ट्रोन टावर देहरा दुवईको सभाहलमा सम्पन्न भएको छ । नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्र. सापकोटाको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेस अतिथिका रुपमा नेपाली दुतावस युएईकी प्रतिनिधी हिरा यादव, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइराला, समाजसेवी सालीक सुवेदी लगायतको उपस्थिती रहेको थियो भने युएईमा कृयासिल विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा आमन्त्रित थिए ।

uae1

प्रमुख अतिथी तथा विशेस अतिथिबाट संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रम उदघाटन गरिए पश्चात गाईएको नेपाली राष्ट्रिय गानले उपस्थित सबैलाई हर्सविभोर बनाएको थियो । युएईको विभिन्न स्थानहरुबाट आएका झापालीहरु तथा नेपालीहरुले खचाखच भरिएको सभाहलमा अतिथी कलकारहरु प्रकाश पौडेल, ताराविर पाण्डे,  टंक बुढाथोकी र कविता शिवाकोटीले प्रस्तुत गर्नुभएको गायनबाट उपस्थित नेपालीहरुले भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए।”पश्चिम कोहि पुर्व घर आँगन एउटै हो……..” बोलको रास्ट्रिय गीतको निक्कै आकर्सक नृत्यबाट शुरु गरिएको उक्त कार्यक्रममा रुन्चे गायकको रुपमा कहलिएका अतिथी कलकार प्रकाश पौडेलले ‘’घाँस काट्नु खुर्केर…..’’, ‘’आमा मलाई त्यही केटि चाहिन्छ……’’ आदि गित गाएर दर्शकलाई नचाएका थिए भने अर्का नेपालबाट आमन्त्रित अतिथी कलकार गायक तथा संगीतकार टंक बुढाथोकीले ’’तिमी नाइनटिन इयरकि ब्युटी….’’, ‘’काली तिम्रो नजरैले गोली मार्यो….’’ आदि गितले दर्शकलाई झुमाएका थिए । नेपालबाटै आमन्त्रित अतिथी कलाकार ताराबिर पाण्डेले ‘’यो तीजमा आए तिमीलाई दौडी दौडी भेट्न……..’’ बोलको गीत सँगै गाएका अन्य गीतहरुले नेपालीहरुलाई छमछमी नचाएका थिए भने तिज विशेष कार्यक्रमको आकर्षण रहेकी गायिका कविता शिवाकोटीले ‘‘पति देब हजुरले भनेको सबै मान्छु मान्छु, तर आज जे भने नी माइत जान्छु जान्छु………” भन्दै गीत गाउँदा रातो सारी,छडके तिलहरी र रातै पहिरनमा झकिझकाउ भएर उपस्थित भएका नेपाली महिलाहरुको निर्त्यमय भिडले सभाहल नै तीजमय भएको थियो । कार्यक्रममा स्थानिय कलाकरहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो ।

uae 3

uae2 uae4 uae5

झापाली समाज युएईका उपाध्यक्ष राजेन्द्र दाहाल तथा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइरालाले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथी चन्द्र प्र. सापकोटाले युएईको कानुनलाई मध्यनजर गरेर सबैजना सचेत हुनुपर्ने धारणा राख्दै एउटा झापाली समाजले पार्कमा र अर्कोले काल्ट्रोन टावरमा विभक्त भएर कार्यक्रम गर्नु दुस्खद भएकोले छलफल र सम्वादद्वारा एक हुन आग्रह गर्नुभएको थियो । अतिथी सालीक सुवेदीले झापाली समाज युएईको अहिले सम्मको कार्य सराहनीय रहेको र उदेश्यवाट विचलित हुन नहुने धारणा राख्नुभएको थियो । समाजका नेपाल प्रतिनिधि भुपाल शिवाकोटीले झापा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समाज आधिकारिक झापाली समाज युएई भएको हुनाले चोइटिएर गएका साथीहरुलाई एकत्रित गर्नुपर्ने आवश्यकता औंल्यानुभएको थियो ।

फिस्टेल ट्राभल्स दुवई, एभरेष्ट नेपाली रेष्टुरेन्ट दुवई, काठमाडौं रेष्टुरेन्ट रसलखेमा, गल्फ स्पाईसी रेष्टुरेन्ट अजमान, रिया आइ एमइ मनी ट्रान्सफर दुवई,नमस्ते ट्राभल्स दुवई,अहलिया मनी ट्रान्सफर दुवई लगायत एक दर्जन बढी व्यवसायीहरुको प्रायोजक रहेको कार्यक्रम सोचे भन्दा राम्रो र उत्साहजनक उपस्थितिमा भएको भन्दै काल्ट्रोन टावरमा कार्यक्रम हुनुपुर्व तिजको अवसरमा झापाली तथा नेपाली चेलीहरुलाई दर खुवाउने कार्यक्रम समेत सम्पन्न भएको जानकारी झापाली समाज युएईका महासचिव टेकनाथ अधिकारिले दिनुभएको छ ।

झापाली समाज युएईका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीको सभापतित्व तथा महासचिव टेकनाथ अधिकारिको सन्चालनमा भएको कार्यक्रममा पाँच दर्जन भन्दा बढी व्याक्तिहरुलाई आजीवन सदस्यताको प्रमाण-पत्र प्रदान गरिएको थियो भने विभिन्न व्याक्तित्वहरुले अक्षयकोषका निमित्त झापाली समाज युएईलाई आर्थिक सहयोग समेत प्रदान गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)