Aamsanchar

माओवादी नेताले माइन्युट च्याते

Author Image
आइतवार, भदौ १९, २०७३

लिबाङः

Maobadi-Flag-57cb868113ce46.40593993

माओवादी केन्द्र रोल्पा जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगर (ध्रुव) ले स्थानीय तह पुनर्संरचना प्रावधिक सहयोग समितिको निर्णय पुस्तिका च्यातेका छन् । समितिको शनिबार विहान बसेको वैठकमा संयोजक धु्रवले स्थानीय तहको पुन संरचनाको विषयमा चित्त नबुझेपछि निर्णय पुस्तिका च्याँतेका हुन् ।

भदौ १३ गते सहयोग समितिले दलीय सहमतिमा पाँचवटा गाउँपालिका वनाउने निर्णय गरेको थियो । पुनर्संरचना आयोगले भने जिल्लाबाट साविकको नगरपालिका सहिति सात वटा स्थानीय इकाइको खाका पठाउन भनेको थियो । साउन २६ गते जिल्ला तहको सहयोग समितिले एक नगरपालिका र ६ वटा गाउँपालिकाको प्रस्तावित खाका सार्वजनिक गरेको थियो ।

केही दलका नेताले आफैंले गरेको निर्णयका विपक्षामा उभिएपछि सहयोग समितिले थप सहमतिका लागि शुक्रबार दिउँसो वोलाएको दलीय वैठकमा सहमति जुत्न सकेको थिएन । शनिबार विहान पुनः बैठक डाकिएको थियो । वैठकमा सहभागी भएपछि सहयोग समितिको निर्णय पुस्तक अध्ययन गर्ने भन्दै निर्णय पन्ना नियाल्दै गरेका माओवादी केन्द्रका संयोजक धु्रवले एक्कासी पन्ना च्यातेर भुँइमा फालिदिए ।

‘प्राविधिक सहयोग समितिले म्याडेट अनुसारको खाका पठाउँछ । सात भन्दा बढि जिल्लामा आवश्यक गाउँपालिको दलीय सहमतिमा पुनः सच्याएर निर्णय गरौं भनेको थिएँ । कुरा नमिलेपछि निर्णय गरिएका तीनवटा पन्ना च्याटिदिएँ ।’, संयोजक नेता ध्रुवले पत्रकारहरुसँग भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर