Aamsanchar

यी नायिकालाई पोर्न स्टार बन्ने धोको यसरी पलायो

Author Image
बुधवार, भदौ २२, २०७३

मुम्बई ।

Rakhi Sawant

बलिीवुड अभिनेत्री एवम् आइटम गर्ल राखी सावन्तको नयाँ फिल्म ‘एक कहानी जूली की’ रिलिज हुने भएको छ । फिल्म रिलिज हुने बेलाका केही सम्वादलाई सेन्सर बोर्डले अपात्ति जनाएको छ ।

आफ्नो फिल्मका संवादमा सेन्सर बोर्डले अपात्ति जनाएपछि राखी सावन्त रिसाएकी छिन् । राखी सावन्तले पोर्न स्टार सनी लियोनीको फिल्म चल्न दिने सेन्सर बोर्डले आफ्नो फिल्ममा आपत्ति जनाएकोमा आक्रोश पोखेकी हुन् ।

भारतीय दैनिक पत्रिका अमर उजालासँगको कुराकानीका क्रममा राखी सावन्तले सनी लियोनीको फिल्म चल्न दिन सेन्सर बोर्डले आफूमाथि अन्याय गरेको बताएकी हुन् ।

‘भारतीय नायिकाहरूको धोतीको सपको थोरै तल झर्दा पनि टिभी, मिडिया र सर्वसाधारणहरूले ठूलो भाषण दिन्छन्, पोर्न स्टार सनी लियोनीको सेतो छाला देखाउँदा भने मज्जा लिएर भारतीयहरू आनन्दित हुन्छन्’, उनले भनेकी छिन् ।

‘सनी लियोनी भारतीय नागरिक भएको भए मुम्बईमा आएर शरीरका अंग प्रदर्शन गर्ने थिइनन्’, उनले भनेकि छिन्, ‘भारतबाट पैसा लुट्न चाहन्छिन् । सनी लियोनीको कार्य सबैलाई मन परेको छ ।’

सेन्सर बोर्डको निर्णयपछि रिसाएकी नायिका राखी सावन्तले अमेरिका पुगेर पोर्न फिल्म खेल्न सुरु गरु जस्तो भएको छ भनेर प्रतिक्रिया दिएकी छिन् । लस एञ्जलसमा सनी लियोनीको ठूलो पोर्न स्टूडियो रहेको बताएकी राखीले भनेकि छिन्, ‘म पोर्न फिल्म खेल्ने हो भने भारतीयहरूले मन पराउने थिए । मेरा फिल्म र पोटो लुकीलुकी हेर्ने छन् ।’ – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)