Aamsanchar

डाक्टरले यसकारण गर्छन् आत्महत्या

Author Image
बिहिवार, जेठ ६, २०७३

dr ppp

[डा पामेला विबल]

भर्खरै नेपाल चिकित्सक संघले चिकित्सकलाई कम्तिमा हप्ताको एकदिन छुट्टी लिन अपिल गर्यो । यो गरेको मात्रै होइन, गर्नु परेको हो । चिकित्सकको मानसिक स्वास्थ्य विग्रिदै गएको अवस्थालाई संघले बेलैमा बुझ्न सक्यो सायद ।

विश्वमा डाक्टरको आत्महत्या डरलाग्दो ढंगले बढिरहेको  छ । चिकित्सकले किन आत्महत्या गर्छन् भन्नेमै अनुसन्धान गरेकी  डा  पामेला विबलले पारिवारिक विग्रह, अत्यधिक व्यस्तता र सामाजिक सोच मुख्य कारण ठहर्याएकी छिन् । 

उनले लेखेको फिजिसियन सुसाइड लेटर नामक पुस्तक मेडिसिन एन्ड साइकोलोजीमा बेस्ट सेलर हो । अमेरिका निवासी उनी केही वर्षदेखि डाक्टरको आत्महत्याको विषयमाथि आवाज उठाउँदै आएकी छिन् ।  चिकित्सकले किन आत्महत्याको बाटो रोजिरहेका छन् भन्ने बारे उनले लेखेको लेखको नेपाली अनूवाद

प्राय मानिसहरु डराउने तीन विषय – मृत्यु, रोग र सार्वजनिक ठाउँमा भाषण गर्न । मलाई यी सबै मन पर्छ । चार बर्षको हुँदा म निकै बोल्थें ताकी मेरो नजिक कुनै पनि बालबालिकाको स्याहार गर्ने व्यक्ति बस्न सक्दैनथे । त्यही भएर म जहिले पनि मनोचिकित्सक आमासँग अस्पताल जाने गर्थें ।

हरेक वर्ष हाम्रा चिकित्सकहरु अस्पतालका छाना, कल रुममा गएर आवश्यकता भन्दा बढी औषधी खाने वा अस्पतालको चेम्बर्समै झुन्डिएको अवस्थामा फेला पर्ने गरेका छन् । यो चिकित्सा क्षेत्रको फोहरी गोप्यता हो । यसलाई हाम्रा अस्पताल, क्लिनिक र मेडिकल स्कुलहरुले गुपचुप राख्छन् । कुनै पनि मेडिकल स्कुल आत्महत्या स्कुलको रुपमा परिचित हुन चाहन्नन् । चिकित्सकको मृत्युका कारण कुनै पनि अस्पतालले आफ्नो बदनामी कमाउन चाहदैन  । एउटा यर्थात तथ्य यो पनि हो की आफैंलाई हत्या गर्न कुनै व्यक्ति चिकित्सक बन्न चाहन्नन् । तर, यस्तै विडम्बना भइरहेछ पछिल्ला वर्षमा ।

तसर्थ यस्तो किन भइरहेको छ ? यसलाई किन गोप्य राखिन्छ ? म एउटा पारिवारिक चिकित्सक हुँदै हाल अनुसन्धान गर्ने सञ्चारकर्मी बनेकी छु । चिकित्सकले गर्ने आत्महत्यामा विज्ञ बनेकी छु । मेडिकल स्कुलमा मसँगै गएका दुई जना  चिकित्सकले किन आत्महत्या गरे ? अहिले मेरो दिमागमा यही प्रश्नले घोचिरहेको छ । मेरो सुन्दर सहरमा मात्रै किन आठवटा चिकित्सकले आत्महत्या गरे ?

म अहिले स्थापित चिकित्सकको रुपमा परिचिति छु । तर, म अहिले हजारौं ती चिकित्सकहरुको बारेमा लेख्दैछु जो हाम्रा माझ छैनन् । उनीहरुको आत्मा भने हाम्रो वरपर घुमेको छ । उनीहरुको आत्माको चिर शान्तीको लागि तपार्इंलाई यसै लेखमार्फत् अनुरोध पनि गर्छु ।

‘प्यारो बुवाआमा । मैले किन सहयोग मागिन भनेर तपाईले अवश्य पनि बुझ्नुहुँदैन होला । तर, मेरो यस छनौटले केही बुझाउला । म एक सफल चिकित्सक, पत्नी र आमा हुन्थं होला,’ सन् २०१३ को अप्रिल ११ मा आत्महत्या गर्नुअघि एक चिकित्सकले लेखेको पत्रमा उल्लेख छ । डिप्रेसन बढेपछि उनले मेडिकल कलेजमै आत्महत्या गरेकी थिइन् ।
मेरो सेल फोन अहिले आत्महत्याको लागि हट लाइन बनेको छ । आत्महत्या गर्ने चिकित्सकबाट सयौं पत्र पाइसकेको छु  । अरुलाई बचाउने डाक्टरहरुले किन आफैं आत्महत्या गर्छन् ?

एक सेवानिवृत्त चिकित्सक आना लेख्छिन्, ‘मेडिकल कलेजमा हुन्जेल म निकै खुसी, सुरक्षित र भयरहित थिएँ । कुनैबेला हाम्रा प्राध्यापकले हामै्र अगाडि उभिएर भन्ने गर्थे–यदि तपाईंलाई आत्महत्या गर्ने निर्णय आएको छ भने गरिहाल्नुहोस् ताकी तपाईं समाजका लागि बोझ बन्नुहुनेछैन । उनले शरिरको बनावटबारे वर्णन गर्दै कसरी हत्या गर्ने भन्ने विषयमा बर्णन गर्थे । ’

‘म तपाईंलाई माया गर्छु आमा । म धेरै दुःखि छु । भिन्सेट ।’ सन् १९९८ को अगस्टमा आत्महत्या गरेकी एक महिला सुुसाईड नोटमा लेख्छिन् । अत्यधिक तनावपछि निन्द्रा नलागेर कोठामा झुण्डिएर उनले आत्महत्या गरेकी थिइन् । प्राय यस्ता अभिलेख अहिले चिकित्सा क्षेत्रमा बारम्बार देख्न सकिन्छ । देशभरबाट मलाई पत्र लेखेर उपचार गर्ने चिकित्सक खोजिदिन आग्रह गर्छन् । हामीले नै नपाएको उपचार मैले उनीहरुलाई कसरी दिन सक्छु ?

‘मैले मेडिसियन स्कुलमा स्नातक गरें । यसले मलाई सधै सहयोग गरेको छ । अब म फेरि त्यस्तो हुने छैन । हामीमा दुई ओटा आत्महत्या र एउटा हत्याको घटना भएका छन् । कृपया मेडिकल शिक्षामा परिवर्तन गरिदिनुहोस्,’ एक चिकित्सक भन्छन् ।

‘प्यारो मेरो परिवार, धेरै माया र शुभकामना । अन्य साथीहरुलाई पनि । मेरा लागि पृथ्वी कुनै ठूलो  ठाउँ बन्न सकेन । तपार्इंहरु सबैलाई मिस गर्दैछु,’ जुन २२, २०१२ मा एक चिकित्सकले लेखेको सुुसाइड नोटमा लेखेकी छिन् । आफ्नो मानसिक लहडलाई त्याग्न आग्रह गरेको केही मिनेटमै ग्रेगले यस धर्तीलाई छोडिसकेकी थिइन् ।

हाम्रा मेडिकल विद्यालय, क्लिनिक, अस्पतालले नै चिकित्सकलाई नै मानसिक रोगी बनाउँछन । अनि गोप्य मेडिकल रेकर्ड निकालेर सहयोग गर्न दबाब दिन्छन् । अन्तमा उनीहरुले हाम्रो लाइसेन्स लिइदिन्छन् । ‘कोही कोहीले इन्टरनेटमा गएर व्यक्तिगत कुरा सार्वजनिक गरिदिन्छन् जसका कारण सार्वजनिक रुपमा नै लज्जा बोध हुन्छ । बिरामी हुँदा म सार्वजनिक रुपमा लज्जाबोध र सजायँपाएको छु । म मरेपछि मात्र शान्त अनुभूति गर्न सक्छु,’ उनले भनेकी छिन् ।

यस्तै मानसिक समस्या परेर होला मेरो नजिकको एक साथी सहरबाट २ सय माइल टाढा पुगेर नक्कली नाम लेखाएर मानसिक स्वास्थ्यको उपचार गरेकी छिन् ।

‘चिकित्सकको आत्महत्या बारेमा तपाईंले लेखेको लेखबारे म कति आभारी छु भन्ने विषयमा तपाईंलाई थाहा नहुन सक्छ । सो लेख पढेपछि म तपाईंलाई अंगालोमा हाल्न चाहन्थें । मेरो निकै व्यस्त दिनचर्या थियो । १ सय ३० आउटप्यासेन्ट र  ६० इर्मजेन्सी भर्ना । म भारतको सबैभन्दा व्यस्ता अस्पतालमा इन्टर्नल मेडिसियन रेसिडियन्ट हुँ । हरेक बेडमा दुई जना बिरामी । भुइँमा पनि त्यस्तै बिरामी छन् । गरिबी, लोभ र पीडा सर्बत्र देखिन्छ । मैले मानवीयता अनुभव गर्न छोडिसकें । हालै मेरा काकाको मृत्यु भयो र तर मलाई कुनै भावना आएन । मैले पनि हजारांै पटक आत्महत्या गर्ने बारेमा सोचेको छु । मलाई अत्यधिक पीडा भएको छ…’ एउटा साथीले यस्तै पत्र लेखेका छन् ।

म आशाबादी व्यक्ति हुँ । तर एउटा भिडयुक्त क्लिनिकमा सात मिनेट लामो भ्रमणपछि मैले पनि आत्महत्याको अनुभूति गरेकी छु ।

चिकित्सकहरुले आत्महत्या गर्नुमा पारिवारिक विग्रह, अत्यधिक व्यस्तता, सामाजिक सोच लगायतका कारण रहेका छन् ।

केभिनएमडी.कमबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर