Aamsanchar

एउटा गाउँ, जहाँ प्रत्येक पुरुषसँग दुई-दुई श्रीमती

Author Image
शनिवार, भदौ २५, २०७३

एजेन्सी ।

village_women

राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ । दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुँदैन् ।

देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् । त्यो गाउँमा जब दोस्रो विहे गरिन्छ तबमात्र त्यहाँका पुरुषहरुले छोराछोरी पाउने गर्छन् ।

पहिलो श्रीमतीबाट छोराछोरी नभएपछि यहाँका पुरुषहरुले छोराछोरी पाउने आशामा ५० वर्षको उमेर पछि पनि विहेगर्ने गर्छन् ।

दोस्रो विहेबाट अहिलेसम्म कसैको ४ अनि कसैको ५ वटासम्म पनि छोराछोरी भएका छन् ।

यस्तो अच्चमको परम्परा भएको यो गाउँमा एकदुई परिवार बाहेक सबै परिवार दुईवटा विहे गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)