Aamsanchar

सरकारी जागिर छाडेर बङ्गुरपालन

Author Image
बिहिवार, जेठ ६, २०७३

bangur

 

रामपुर (पाल्पा)।

रामपुर–१३ कुमराङका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर व्यावसायिक बङ्गुरपालन गरिरहनुभएको छ ।

एघार वर्षसम्म नेपाली सेनामा कार्यरत रामजाली बीचमै जागिर छाडेर यस व्यवसायमा लाग्नुभएपछि उहाँ अहिले जिल्लामै नमुना बङ्गुर फार्म व्यवसायीका रुपमा चिनिनुभएको छ । उहाँले रु २० लाखको लगानीमा फार्म सञ्चालन गर्नुभएको हो ।

धरान र पोखराबाट खरिद गरेर ल्याएका ल्यान्डरेस, ड्युरो, पाख्रीबास कालो बङ्गुर, चाइनिज मेसान र हेम्पसायर जातको बङ्गुर उहाँको फार्ममा रहेका छन् । “सरकारी जागिरले परिवारको गुजारा चलाउन निकै गाह्रो भएको हुँदा यस व्यवसायमा लागेको हुँ”, उहाँले भन्नुभयो ।

रामजालीको फार्ममा अहिले १५ वटा माऊ, दुईवटा पाठा र ४३ वटा बच्चा गरी ६० वटा बङ्गुर रहेका छन् । तीन वर्षदेखि उक्त व्यवसाय गर्दैआउनुभएका उहाँले वार्षिक रु रु सात लाखसम्म आम्दानी गरिरहनुभएको छ । दश रोपनी जग्गामा फार्म निर्माण गर्नुभएका रामजालीले करिब १५० सम्म बङ्गुर पाल्ने सोच बनाउनुभएको छ । सो बङ्गुर फार्म हेर्नेको दिनहुँ भीड लाग्ने गरेको छ ।

पाल्पासहित स्याङ्जा, तनहुँदेखि बच्चा खरिद गर्न आउने गरेका उहाँले बताउनुभयो । सो व्यवसाय गर्न जिल्ला पशुसेवा कार्यालयले खोर सुधारका लागि रु ७२ हजार अनुदान रकम उपलब्ध गराएको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताउनुभयो । बजार व्यवस्थित नहुँदा किसानलाई बङ्गुर बिक्री गर्न समस्या भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर