Aamsanchar

यूएईबाट छुट्टीमा नेपाल जादा प्रीयासंग……( भिडियोसहित)

Author Image
शुक्रवार, जेठ ७, २०७३

dp
[आरपी सहयात्री]
रोजगारीको क्रममा परदेशबाट एक महिने छुटीमा नेपाल गएका नेपालीले त्यो अवधिमा घुमघाम र आफन्तसागको भेटघाटमै बिताउाछन् । तर, विगत ५ वर्षदेखि यूएईको एक कम्पनीमा सेल्सम्यानका रुपमा कार्यरत वालिङ–८, स्याङजाका दिपक काफ्लेले घुमघाममा मात्र समय बिताएनन् । उनले एक आधुनिक गीतमा मोडलिङ गरेका छन् ।
गीत, संगीत, साहित्य, अभिनय तथा कलाकारितामा रुचि राख्ने २६ वर्षिय दिपकले एउटा आधुनिक गीतमा अभियन गर्न भ्याएका छन् । मोडलिङमा करिअर खोजिरहेका दिपकले ‘मानेन…मानेन….’ बोलको गीतमा मोडलिङ गरेका छन् । नेपाली कलाकार समूह, यूएईका सदस्य उनलाई भिडियोमा साथ दिएकी छिन् बुटवलकी प्रीया भण्डारीले । गायक विक्रम राना र गायिका गीता पाइजाको स्वर रहेको उक्त गीतको शब्द तथा संगीत गायक स्वयमको रहेको छ । गीतमा प्रियसीसागको वियोगको पीडालाई श्रृतिमधुर ढंगले प्रस्तुत गरिएको छ ।
अबिरल फिल्मस प्रालिले बजारमा ल्याएको उक्त म्युजिक भिडियो विष्णु भट्राईले निर्देशन तथा सम्पादन गरेका छन् । बुटवल, रामापुरका रमणीय क्षेत्रहरुमा छायांकन गरिएको उक्त भिडियोमा विकास थापा र निरु रानाको जोडीले पनि अभियन गरेका छन् । उक्त भिडियोलाई पवन घिमिरेले छायांकन गरेको उक्त गीतमा आत्रेय विशालले संगीत एरेन्जरको भूमिका निर्वाह गरेका छन् । सगुन शर्माको शृंगारमा सजिएका मोडलहरुले गीतको भावअनुरुप अभिनय गरेको बताएका छन् ।

भिडियो लिंक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर