Aamsanchar

भागीरथीलाई नेपाली साहित्य नारीरत्न

Author Image
शुक्रवार, भदौ ३१, २०७३

[मुकुन्द, मल्ल र मञ्जुललाई त्रिमूर्ति पुरस्कार]

Trimurti Puraskar
~~~~~
त्रिमूर्ति निकेतनले पाँच दशकदेखि आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्‍याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका महारथी श्रीमती भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारीरत्न’को सम्मान सहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ ।

त्रिमूर्ति निकेतनले श्री मुकुन्द शर्मालाई ‘लेखनाथ काव्य पुरस्कार’, श्री अशेष मल्ललाई ‘बालकृष्ण सम पुरस्कार’ र श्री मञ्जुललाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
ताम्रपत्रका साथै यी पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन् ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो ।

साडे चार दशकअघिदेखि नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्‍याएबापत श्री मुकुन्द शर्मालाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी चार दशकअघिदेखि नाटक लेखन, अभिनय, निर्देशनका साथै नाटकको संस्थागत विकासका लागि समेत समर्पित भई नेपालमा नाटकको गरिमालाई उत्कृष्टताको शिखरमा पुर्‍याउन सफल श्री अशेष मल्ललाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याउनका साथै कविता, निबन्ध र उपन्यास लेखनबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएवापत श्री मञ्जुललाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)