Aamsanchar

फेसबुक मेसेन्जर चलाउने स्मार्ट तरिका

Author Image
शुक्रवार, जेठ ७, २०७३
Ci5J1RxVAAAxbmB
टेक-टच
फेसबुक मेसेन्जर एउटा यस्तो एप हो जुन मानिसले दिनहँ चलाइरहेका हुन्छन्। फेसबुक र अन्य साझेदार एपहरूले यसलाई अझ सशक्त बनाइरहेकाले मेसेन्जरबाट थुप्रै अनौठा काम गर्न सकिन्छ। तर यसबारे धेरैलाई ख्याल नभएको हुनसक्छ। फेसबुक मेसेन्जर चलाउने केही स्मार्ट तरिका यहाँ प्रस्तुत छ :
१. भ्वाइस भिडियो कल
फेसबुक मेसेन्जर टेक्स्ट मेसेजका लागि मात्र होइन। यसबाट भ्वाइस वा भिडियो कलहरू गर्न पनि मिल्छ।
आफूले चाहेको समयमा भ्वाइस मेसेज छाड्न मिल्छ। यसले गर्दा आफूले कुरा गर्न चाहेको व्यक्ति अनलाइन नभए पनि भन्न चाहेको कुरा पठाउन सकिन्छ। आफूले भ्वाइस मेसेज पठाएको व्यक्तिले फुर्सदमा सुन्नसक्छ।
२. ठेगाना देखाउन वा गोप्य राख्न
आफ्ना साथीहरूलाई ठेगाना थाहा दिन चाहनेले तीनवटा डटमा थिचेर ठेगाना छान्नुपर्छ। त्यसपछि साथीले तत्कालै आफ्नो ठेगानाको नक्सा पाउँछ। आफू हतारमा हुँदा यो साह्रै उपयोगी हुन्छ। यसमा आफ्नो ठेगाना गोप्य राख्न पनि सकिन्छ।
३. उपनाम थप्न
तपाईंका यस्ता केही साथी हुन सक्छन् जसको उपनाम फेसबुकमा भएको भन्दा भिन्न हुनसक्छ। साथीहरूले नाम थर परिवर्तन गरेका पनि हुन सक्छन् तर तपाईं उनीहरूको पुरानो नामले मात्र चिन्नुहुन्छ भने मेसेन्जरको निकनेम विशेषता प्रयोग गरेर सबैलाई चिन्न सक्नुहुन्छ। यसका लागि उनीहरूको नाममा क्लिक गरेपछि उपनाम थप्ने ठाउँ देखिन्छ।
४. मेसेन्जरमार्फत पैसा तिर्न सकिन्छ
मेसेन्जरबाट साथीलाई पैसा दिन पनि सकिन्छ। यसका लागि च्याट बक्समा गएर तीनवटा थोप्ला भएकोमा क्लिक गरी ‘पेमेन्टस्’ छान्नुपर्छ। सुरुमा आफ्नो खातालाई डेबिट कार्डसँग कनेक्ट गराउनुपर्छ। ट्रानजक्सन गर्दाखेरि देब्रेतिर स्वाइप गर्दा सही थिम छान्न सक्नुहुनेछ।
५. मेसेन्जरको सूचना चुप गराउन
निरन्तर च्याट गर्दा प्रत्येक मेसेजको नोटिफिकेसनले तनाव पनि दिनसक्छ। त्यसको समाधान गर्न ग्रुप च्याटलाई म्युट गर्नुपर्छ। त्यसका लागि ग्रुपको अप्सनमा गएर म्युट नोटिफिकेसनमा क्लिक गर्नुपर्छ। यसरी गरिने म्युट केही समयका लागि जस्तै १५ मिनेट, एक घन्टा, आठ घन्टा, २४ घन्टा वा ‘नहेरे सम्म’का लागि पनि गर्न सकिन्छ।
६. मिल्ने एप इन्स्टल गर्न सकिने
मेसेन्जरसँग मिल्ने थुप्रै एप हुन्छन् जसले विभिन्न अनुभव बढाउँछ। जिफी र स्पोटिफाईजस्तै यी एप एकपल्ट जोडिएपछि उपलब्ध हुन्छन्। तर यी एपहरू आफ्नो डिभाइसमा इन्स्टल गरेको हुनुपर्छ।
प्रयोग गर्न सकिने एपहरूमा इमोजी किबोर्ड, बिट्मोजी, जीआईएफ किबोर्ड, मेमे र मौसमसम्बन्धी पर्छन्। नयाँ एप जोड्न, च्याटमा भएको तीन थोप्लामा क्लिक गरी तल स्क्रोलमा मिल्ने एपहरू पाउन सकिन्छ। तीमध्ये आवश्यक एप छानेर इन्स्टलमा क्लिक गर्नुपर्छ।
७. फोन नम्बरबाट मेसेन्जर
सबैको फेसबुक एकाउन्ट नहुन सक्छ। फेसबुक एकाउन्ट नबनाई मेसेन्जर चलाउन चाहनुहुन्छ भने मेसेन्जर एप आफ्नो स्मार्टफोनमा इन्स्टल गरी फोन नम्बरबाट पनि चलाउन सकिन्छ। यो एपले फोन नम्बर पहिचान गर्नसक्छ।
८. सर्टकट (एन्ड्रोइडमा मात्र)
एन्ड्रोइड फोन प्रयोगकर्ताले आफूलाई मन पर्ने कन्ट्याक्टलाई सर्टकट बनाउन सक्छ। यसका लागि मेसेन्जरमा साथी छानेर केही बेर होल्ड गर्नुपर्छ। त्यसपछि एउटा मेनु आउँछ ‘क्रिएट सर्टकट’। त्यसबाट सर्टकर्ट बनाएर प्रयोग गर्न सकिन्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर