About Us

अत्याधुनिक प्रविधिको द्रुत विकाससँगै सञ्चार बिनाको जीवनशैली आजको युगमा कल्पना पनि गर्न सकिँदैन । मानिसका लागि आमसंचार गाँस, बाँस र कपास जस्तै अनिवार्य बनिसकेको छ । आमसंचारप्रतिको आकर्षण उत्तिकै बढ्दो छ । बोली, भाषा, लिपी हुँदै एकोहोरो संचारबाट शुरु भएको संचारको विकास कटुवाल घोकाउने, सनै बजाएर मानिस जम्मा गरी सन्देश प्रवाह गर्ने युगबाट कयौं गुणा अघि फड्को मारेको छ । छापामा संचारमाध्यमको रुपमा पत्रपत्रिका, विद्युतीय संचारमाध्यमको रुपमा रेडियो, टेलिभिजन हुँदै आधुनिक विश्वको अत्याधुनिक संचारमाध्यम बनेको छ अहिले विद्युतीय पत्रिका ‘अनलाइन ।’ विद्युतीय पत्रिका ‘अनलाइन’ मार्फत एक क्लिकमा सेकेन्डभरमा विश्वमा सूचना प्रवाह सम्भव भएको छ । आमसंचारको अत्याधुनिक र सशक्त माध्यम बनेको छ आज अनलाइन ।
जस्तो नाम त्यस्तै काम । आम मानिसमा एकसाथ समाचार, सन्देश, सूचना प्रवाहका लागि आमसंचार डटकम (प्रा.)लि.ले सञ्चालनमा ल्याएको आमसंचार डटकम (www.aamsanchar.com) नेपाली भाषाको समाचार पोर्टल हो । सामाजिक मुद्दा, खोजमूलक, नयाँ र पाठकका रुचीका विषयवस्तु आमसंचार डटकमका प्राथमिकता हुन् । राजनीतिक घटनाक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, अर्थ, वन वातावरण, साहित्य, मनोरञ्जन, चलचित्रका साथ देश बाहिरका विषयवस्तु पनि आमसंचार डटकमले समेट्ने छ । विज्ञान प्रविधि, जीवनशैली, जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र, समुदायका विविध पक्षका सामग्री आमसंचारमा अध्ययन गर्न सकिनेछ । समाचार, सन्देश र मनोरञ्जन प्रदान गर्ने भिडियो र अडियो समेत हेर्न र सुन्न आम संचार डटकममा सकिने छ । नेपालीसँगै यसले अंग्रेजी र हिन्दी भाषाका सामग्री समेत सम्प्रेषण गर्नेछ ।
अनलाइनको माध्यमबाट विश्वभर समाचार प्रकाशन–प्रशारण गर्ने आम सञ्चार डट.कम (प्रा.)लि.को उद्देश्य हो । पत्रपत्रिका, बुलेटिन प्रकाशन, पत्रकारिताको क्षेत्रमा खोज तथा अनुसन्धान गर्ने, पत्रकारिता तथा संचार क्षेत्रका विषयमा प्रशिक्षण सञ्चालन गर्नुका साथै सञ्चार सम्बद्ध सामग्री उत्पादन, विक्री वितरण पनि यस कम्पनीको उद्देश्य रहेको छ ।
आमसंचार डटकमको बेटा संस्करण २०७२ चैत ७ गतेबाट शुरु भएको हो । नेपाल सरकार उद्योग मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ साल बैशाख १६ गते आमसंचार डटकम (प्रा.)लि.को दर्ता भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा यसको दर्ता नम्बर १४८४८७।७२।७३ रहेको छ । नेपाल सरकार अर्थ मन्त्रालयको आन्तरिक राजश्व विभाग (अन्तरिक राजश्व कार्यालय भद्रपुर) बाट आमसंचार डटकम (प्रा.)लि.ले २०७३।०१।२६ गते स्थायी लेखा नम्बर (६०४२५१३७४) लिएको छ । नेपाल सरकार सञ्चार मन्त्रालयको प्रेस काउन्सिल नेपालमा मिति २०७३।०१।२७ गते आमसंचार डटकमको आधिकारिक सूचीकरण समेत भएको छ । प्रेस काउन्सिल नेपालमा आमसंचार डटकमको सूचीकरण नम्बर २५३८ रहेको छ । झापाको बिर्तामोड–१मा मुख्य कार्यालय रहेको आमसंचार डटकमले राजधानीसहित मोफसलका विभिन्न जिल्ला र विश्वका विभिन्न मुलुकबाट आफ्ना संवाददातामार्फत एकसाथ समाचार, सूचना र सन्देश सम्प्रेषण गर्नेछ ।

मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more
ताजा अपडेट