झापामा धान सुपरजोन कार्यक्रम सुरु,प्रमले आज धान रोपेर उद्घाटन गर्ने

प्रकाशित मिति :2017-01-03 07:46:56

बिर्तामोड।ropai 1

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाईका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले कृषिलाई उद्योगसँग जोड्ने उद्देश्यले सरकारले झापामा धान सुपरजोन कार्यक्रम ल्याएको बताएका छन् ।
सोमवार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट समारोहमा उनले कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्न सरकारले यस्तो कार्यक्रम ल्याएको बताए । १० बर्षे सरकारको नीति अनुरुप २०८२ सालसम्म परियोजनाको समयअवधि रहने र परियोजना अवधिभरमा एक खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ खर्च हुने उनले बताए । सो अवधिमा साढे ६ लाख टन धान उत्पादनमा बृद्धि हुने ढकालको भनाइ छ ।
कार्यक्रम अवधिभर प्रमुख कृषि उपजहरुको विशिष्ठकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यात योग्य कृषि वस्तुहरुको मूल्य अभिबृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारका अवसरहरु सृजना गर्ने र बहुसरोकारवाला निकायहरुबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्न परियोजना सफल रहने उनले बताए ।
सरकारले नेपालमा ७ वटा सुपरजोन क्षेत्र निर्धारण गरेको र झापा धानका लागि सुपरजोन क्षेत्रमा परेको बताए । धान सुपरजोन कार्यक्रमको आज मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा परियोजनाका झापा प्रमुख बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिए । पूर्वी दक्षिणी झापाको पाठामारी, बालुवाडी, केचना, पृथ्वीनगर, बनियानी र पथरीया गाविसमा यस बर्षदेखि धान सुपरजोन कार्यक्रम शुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रम उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित कृषिमन्त्री, राज्यमन्त्री र ८ वटा मन्त्रालयका सचिवको समेत उपस्थिति रहने बताइएको छ । बनियानी–८मा धान सुपरजोन कार्यक्रमको उद्घाटन गर्ने र ‘बोरोराइस’ हिउँदे धानको बेर्नालाई मेसिनबाट रोप्ने कार्यक्रम प्रधानमन्त्रीले शुभारम्भ गर्ने बताइएको छ । धान सुपरजोन कार्यक्रमका लागि परियोजनाबाट ४ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ भने जिल्ला कृषि विकासमार्फत ६ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कृषि कार्यालयमार्फत प्राप्त बजेट दुई वटा ब्लकमा रहेर परियोजना सञ्चालन गर्ने जसमा एक सय हेक्टर क्षेत्रफलमा धानका लागि रकम खर्च गरिनेछ भने ७५ हेक्टर क्षेत्रफलमा माछा खेतीको पकेट एरियाको रुपमा रकम खर्च गरिने पत्रकार सम्मेलनमा परियोजना प्रमुख तिमिल्सिनाले बताए ।
कार्यक्रम उद्घाटन समारोहको अवसरमा प्रधानमन्त्री दाहालले १५ सय धानको बेर्ना मेसिनबाट रोप्ने कार्यक्रम तय भएको समेत कार्यक्रममा जानकारी दिइयो । झापामा यस बर्ष ६ वटा गाविसमा नमूना र प्रदर्शनी गरी ५ हेक्टर क्षेत्रफलमा धान लगाइने बताइएको छ । १५ सय विगाह क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । परियोजना अन्तर्गत झापामा धानको सुपरजोन क्षेत्र, बारामा माछा, काभ्रेमा आलु, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ र कैलालीमा गहुँको सुपरजोन क्षेत्र तोकिएको कार्यक्रम निर्देशक ढकालले बताए । १८ वटा बालीवस्तुमा मूल्य श्रृंखला गर्ने उद्देश्यसहित कार्यक्रम शुरु गरिएको ढकालको भनाइ छ ।
त्यस्तै नेपालमा ३० वटा जोन रहेको उनले बताए । जसका लागि देशभरमा ३७ वटा कार्यालय खुलिसकेको ढकालको भनाइ छ । सरकारले सात वटा सुपरजोन क्षेत्रमा एउटा÷एउटा प्राङ्गारिक मल कारखाना स्थापना गर्ने र जैविक विषादि उत्पादन गर्ने कारखाना स्थापना गर्ने सरकारको लक्ष्य रहेको उनले बताए । पाँचथरदेखि बाजुरासम्म जोनको अवधारणा सरकारले ल्याएको र पाँचथरमा अलैंचीका लागि जोन तोकिएको ढकालले जानकारी दिए ।
गत बर्षको तुलनामा धानको उत्पादनमा १० लाख टन बढेको बताउँदै ढकालले भने– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालन भएका सुपरजोन कार्यक्रम र जोन कार्यक्रमले कृषि क्षेत्रको उत्पादन अझ बृद्धि हुन्छ । सुपरजोन कार्यक्रम अन्तर्गत १० बर्षे अवधिमा देशभर २१ वटा सुपरजोन बनाइने, तीन सय ओटा जोन र १५ सय वटा ब्लक तथा २१ सय वटा पकेट क्षेत्र घोषणा गरी कृषि उत्पादनलाई बढावा दिने कार्यक्रमको लक्ष्य रहेको परियोजना निर्देशक ढकालको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट