हरित जिल्ला इलामको सलकपुरमा फुलेको लालुपाते

प्रकाशित मिति :2017-01-03 14:13:58

नेपालमा पछिल्लो समय यता व्यवसायीक रुपमा गरिने फुल खेतीमा लालुपाने पनि पर्छ । प्राकृतिक रुपमा पाईने क्षेत्रहरु बाहेक लालुपातेको खेति घर वा छाप्रा भित्र पनि गरिन्छ जहाँ विहानीको राम्रो घाम र दिउँसो गर्मीको बेला छहारी भएको वातावरण उपलब्छ हुन्छ ।
लालुपाते फूल(अङ्ग्रेजी: Poinsetagbnm,tia वा noche buena), एक प्रकारको फूल फुल्ने वनस्पति हो। यसको वैज्ञानिक नाम Euphorbia pulcherrima हो । लालुपाते फूल पश्चिमी देशहरुको संस्कृतिमा र ब्यवशायको दृष्टिकोणले एउटा महत्वपूर्ण बनस्पति हो । यो झाडि वा सानो रुखको आकार भएको मेक्सिको र मध्य अमेरिकी माहाद्विपमा ब्यापक रुपमा पाइने Spurge परिवार को बनस्पति मध्येको एउटा जाति हो । यस्को पाकृतिक फैलावटको क्षेत्र र मेक्सिको र मध्य अमेरिका माहाद्विपमा प्रशान्त माहासागरको तटवर्ती ईलाकाका मध्यम उचाईका क्षेत्र हरु हुन जुन दक्षिणमा चियापास र ग्वाटेमाला सम्म फैलिएका छन । लालुपाते फूल उक्त ईलाकाका तट भन्दा टाडाका भित्री भागहरुमा उष्ण तथा बर्षका केही ऋतुमा सुख्खा रहने भुभागका बनहरुमा समेत प्राकृतिक रुपमा पाईनछन । नेपालमा पनि काठमाण्डौं उपत्यका र पूर्वी नेपालको पहाडी जिल्ला इलाम,पाचथर,ताप्लेजुङ लगायतका जिल्लामा प्रसस्त देखिन्छ ।

निकै आर्कषर्ण देखिने लालुपाते  किनेर ल्याएको गमलाको फूल मरे पछि पनि फेरि फूल फूलाउन सकिन्छ । रातो थुँगा हरुलाई काट्नु पर्छ र जाडो समयको अन्तिम तुषारो पछि घर बाहिर निकाल्नु पर्छ । शरद ऋतुमा तुषारो भन्दा पहिलै फेरि भित्र सार्नु पर्छ जुन ठाउँमा राति कुनै किसिमको उज्यालो हुनु हुँदैन । फूलको विकासको लागि शरद ऋतुमा घर भित्र लगभन २ महिनाको हरेक रात, लामो रातको अविरल अँध्यारो चाहिन्छ । यदि राति बिच बिचमा उज्यालो परे फूल उत्पादनमा बाधा आउँछ । सिँचाई गर्दा बचेको पानी सजिलै बगेर जानु पर्छ । लालुपातेलाई भिजेको माटो चाहिन्छ तर पानी जमेको खण्डमा बोटलाई हानी हुन्छ । फोटो :  विनोद  पाण्डे/आमसंचार

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more