प्रतिभाको विद्यार्थी अभिमुखिकरण तालिम

प्रकाशित मिति :2017-01-07 09:22:19

बिर्तामोड।traffic-law
प्रतिभा यूवा परिवार, मेचीनगर–७ को आयोजनामा सन साइन अंग्रेजी स्कूल र आदर्श मा.वि.आयावारीका कक्षा ७ ,८ ,९ र १० का करिब १५० जना विद्यार्थीहरुमाझ शुक्रबार एक दिने ट्राफिक नियम सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
आदर्श मा.वि.मा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष सञ्जय थामीको सभापतित्व एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दुण्डीराज गिरीको प्रमुख आतित्यतामा भएको थियो ।

स्थानिय ट्राफिक प्रहरी हबल्दार योगेन्द्र थापा ,संस्थाका कार्यक्रम संयोजक राजु गौतम शिक्षक देबराज गिरी लगायतले सहजिकरण गर्नुभएको उक्त कार्यक्रम दोस्रो चरणका रुपमा त्यहाँ आयोजना भएको साथै आगामी दिनमा पनि अन्य विद्यालयमा सञ्चालन गर्दै जाने योजना रहेकोे संस्थाले बताएको छ ।

ट्राफिक नियम र सडक सुरक्षाका विषयमा प्रोजेक्टरका माध्यमले चेतनामुलक भिडियो तथा दृष्य सामग्रीको प्रयोग गरिएको त्यस कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम संयोजक राजु गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका सूचना तथा समन्वयकर्ता युवराज आचार्यले राख्नुभयो । संस्थाले यस प्रकारका कार्यक्रम यस अघि पनि सम्पन्न गरिसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more
ताजा अपडेट