गोल्डकप अब विधिवत रुपमा दर्ता हुने

प्रकाशित मिति :2017-01-09 08:56:41

बिर्तामोड।gool
 मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप अब विधिवत रुपमा दर्ता हुने भएको छ । झापालाई ‘फुटबल हब’ बनाउने दीगो लक्ष्यका साथ झापा गोल्डकपलाई  जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर व्यवस्थित ढंगले काम गर्न लागिएको गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।
अध्यक्ष गिरीका अनुसार आइतबार बिर्तामोडमा सम्पन्न झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७३ को बैठकले गोल्डकपलाई प्रशासनमा दर्ता गरी अघि बढ्ने निर्णय गरेको हो ।
आर्थिक पारदर्शिता, जवाफदेहिता र व्यवस्थित ढंगले गोल्डकपलाई अगाडि बढाउनका लागि झापा गोल्डकप दुई साताभित्र दर्ता गरिसक्ने गरी तयारी भएको महासचिव केशव दाहालले बताए ।
 आइतबारको बैठकले २१ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । यसअघि नै एक सय ११ सदस्य मूल समिति र ५१ सदस्य सल्लाहकार समिति बनाइसकिएको छ ।
झापा गोल्डकप– २०७३ को दोस्रो संस्करण माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । गोल्डकप सफल बनाउन मूल समितिका सदस्यले न्यूनतम २१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने समेत निर्णय भएको गोल्डकपका उपाध्यक्ष बलराम कार्की बताउँछन् ।
त्यस्तै पाँच लाख दरको पाँच वटा प्लाटिनियम स्पोन्सर, तीन लाख दरको १० वटा गोल्ड स्पोन्सर र एक लाख दरको २० वटा सिल्भर स्पोन्सर राख्ने समेत निर्णय भएको छ । उक्त स्पोन्सरका लागि समितिले उद्योगी, व्यवसायी तथा प्रतिष्ठानहरुलाई सहयोगको आह्वान समेत गरेको छ । आयोजक झापा ११ फुटबल क्लवसहित नेपालका ए डिभिजन खेल्ने ७ वटा र विदेशी ३ वटा टीमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ ।  प्रतियोगिताका विजयी टिमले नगद सात लाख र उपविजेताले साढे तीन लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट