वीरता जेसीसको अध्यक्षमा सञ्जु भारती

प्रकाशित मिति :2017-01-09 19:56:48

बिर्तामोड।sanju
 सन् २०१७का लागि वीरता जेसीजको अध्यक्षमा धनकुमार (सञ्जु) भारती सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको सोमवार बिर्तामोडमा सम्पन्न ३६औं साधारणसभा तथा शाखा अधिवेशनबाट भारती अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्ष पदका उम्मेदवारहरु एकराज गिरी, राजीव धिमाल, प्रवीण खड्का र विशाल थापाले सहमतिका लागि उम्मेदवारी फिर्ता लिएपछि भारती सर्वसम्मत भएका हुन् । अघिल्लो बर्ष पनि अध्यक्ष पदका उम्मेदवार रहेका एकराज गिरीलाई सन् २०१८मा सर्वसम्मत अध्यक्ष बनाउने वीरता जेसीजका पूर्वअध्यक्षहरुले प्रतिबद्धता जनाएपछि सर्वसम्मत नेतृत्व चयनको बाटो खुलेको हो । अध्यक्षका उम्मेदवारहरुले पूर्वअध्यक्षहरुलाई निर्णायक भूमिकाका लागि जिम्मेवारी दिएका थिए ।
वीरता जेसीजको कार्यकारिणी उपाध्यक्षमा भने राति अबेर सम्म सहमति हुन सकेको छैन । त्यस्तै संयुक्त सचिवमा घनश्याम चौधरी सर्वसम्मत भएका छन् भने जनसम्पर्क अधिकारीमा कमल पाण्डे बिनोद निर्विरोध भएका छन् ।
त्यस्तै उपाध्यक्षहरुमा सुनिल थापा, विकास बस्नेत, कुशल खतिवडा र रमेश चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भक्तराज भारतीले जानकारी दिए । सन् २०१७का लागि अध्यक्षमा सर्वसम्मत भएका सञ्जु भारतीले वीरता जेसीजको गरिमालाई उच्च बनाउँदै अग्रजहरुको मार्गदर्शन अनुसार अघि बढ्ने र उत्कृष्ट काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष सजेश शिवाकोटीको अध्यक्षतामा भएको वीरता जेसीज बिर्तामोडको ३६औं साधारणसभा समारोहको उद्घाटन प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।
उद्घाटन समारोहमा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विनोद बस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, अर्जुनधारा जेसीजका अध्यक्ष शार्दुलहाङ ओली, बुधबारे जेसीजका अध्यक्ष सेमन्त पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभा उद्घाटन समारोह संयोजक वीरता जेसीजका कोषाध्यक्ष एकराज गिरीले स्वागत गरेको कार्यक्रममा निर्वाचन अधिकृत भक्तराज भारतीले निर्वाचन कार्यक्रमबारे जानकारी गराएका थिए । उपाध्यक्ष विनोद पाण्डेले जेसीज आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश सुवेदीले गरेका थिए । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्षहरु गणेश शाक्य, शिवकुमार अग्रवाल, किरण श्रेष्ठ, हेम खड्का, राजेन्द्र चम्लागाँई, आनन्द बस्नेत, वीरता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाई लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रेडक्रस झापाका सभापति ढकालले जेसीज एउटा कार्यशाला र विद्यालयको रुपमा रहेकोले यसले असल मान्छे जन्माउने बताए । जेसीजले व्यक्तिमा सकारात्मक सोचको विकास गरी असल मानिस जन्माएर राष्ट्र र समाजलाई हस्तान्तरण गर्ने पनि ढकालले बताए । पछिल्लो समय मानवले मानवलाई गर्ने व्यवहार र मर्यादा खस्कँदो रहेको ढकालको भनाइ थियो । ढकालले व्यक्तिवादी सोच र स्वार्थका कारण मानवीय मूल्य खस्कदै गएको बताउँदै त्यस्तो प्रवृत्तिले समाजसेवा हुन नसक्ने बताए । समाजसेवाको लक्ष्य भनेको आत्मसन्तुष्टि रहेको र मानवीय मूल्यलाई स्थापित गर्दै त्यो सन्तुष्टि प्राप्त गर्न सकिने हुँदा जेसीजले उक्त क्षेत्रमा अग्रणी भूमिका निर्वाह गनुपर्ने बताए । उनले जेसीजको मानवीय र सामाजिक सेवाको प्रशंसा समेत गरे ।
साधारणसभाको बन्दसत्रले महासचिव प्रकाश सुवेदी, कोषाध्यक्ष एकराज गिरी, एम्बुलेन्स सञ्चालक समितिका संयोजक राजेन्द्र चम्लागाँईले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै समयानुकूल जेसीजको विधानलाई परिमार्जन गर्न वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालको संयोजकत्वमा समिति बनाइएको छ । बन्दसत्रले जेसीजमा आवेदन गरेकामध्ये ४८ जनालाई सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । अब वीरता जेसीजको सदस्य संख्या २ सय ५७ पुगेको छ ।
बन्दसत्र पछिको उम्मेदवार प्रशिक्षणमा शिवकुमार अग्रवाल, बिनोद बस्नेत र प्रशान्त भण्डारीले प्रशिक्षण दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more