सीमा क्षेत्रमा त्रास हट्यो

प्रकाशित मिति :2017-01-10 10:03:02

finalपार्थ मण्डल

पृथ्वीनगर । भारतीय नकाबधारी डाका समूहले हत्या र लुटपाट गरी आतंक मच्चाउने झापाको सीमावर्ती गाविस पृथ्वीनगरमा सशस्त्र प्रहरी पुगेपछि गाउँबासीले शान्ति सुरक्षाको महशुस गर्न थालेका छन् ।
सीमा प्रहरी चौकी सोमबारे पृथ्वीनगरका दुई÷चार जना नेपाल प्रहरीले सुरक्षा दिँदै आएको गाउँमा सशस्त्र प्रहरी पुगेपछि अहिले स्थानीय भारतीय डाका र चोरीतस्करीको त्रासबाट मुक्त भई ढुक्कका साथ राति सुत्न पाएका छन् । झापाको सदरमुकाम भद्रपुरदेखि १५ किलोमिटर दक्षिणी सीमावर्ती गाविस पृथ्वीनगर लगायत आसपासको क्षेत्रमा भारतीय नकाबधारी डाका समूहको आतंक र चोरीतस्करीले सीमा क्षेत्रका गाउँबासी त्रासमा जीवन बिताउँदै आएका थिए ।
स्थानीय प्रशासनले सो क्षेत्रमा शान्ति सुरक्षा दिन नसक्दा गाउँबासी विस्थापित हुने अवस्थामा पुगेका थिए । त्यसमाथि भारतीय डाका समूहले २०७१ साल चैत ३० गते मध्यरातमा पृथ्वीनगर–८स्थित हिमाली चोकका स्थानीय व्यापारी देवकुमार श्रेष्ठको गोली हानी हत्या गरी लुटपाट मच्चाएको घटनाले स्थानीयमा झन त्रास बढेको थियो । डाकाबाट आतंकित स्थानीय आफंै गाउँको सुरक्षाको प्रत्याभूतिका लागि सशस्त्र प्रहरी ल्याउन सडकमा उत्रिए र वेस क्याम्प स्थापनाका लागि स्थानीयबाट आर्थिक संकलन शुरु गरे । स्थानीयको सक्रियता देखेर सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका तत्कालीन एसपी प्रेम पोखरेलले वेस क्याम्प स्थापनाका लागि आन्तरिक पहल शुरु गरे । पहल शुरु गरे पनि एसपी पोखरेल सरुवा भएर झापाबाट गए । पोखरेल गएपछि झापा आएका तत्कालीन एसपी शान्तिकुमार कार्कीले एक जना प्रहरी निरीक्षकसहित २५ जना सशस्त्र प्रहरीको दरबन्दी कायम गरी २०७३ साल असोज २९ गते पृथ्वीनगर–९मा सशस्त्र प्रहरी बल अस्थायी बोर्डर आउट पोष्ट स्थापना गरे ।
सशस्त्र प्रहरी गाउँमा आएपछि अहिले स्थानीय जनता सुरक्षित महशुस गर्न थालेको स्थानीय चन्द्र तामाङले बताए । गाउँमा नेपाल प्रहरीले मात्र शान्ति सुरक्षा दिन नसकेकोले डाकाको विगविगी बढिरहेको बेला सशस्त्र प्रहरी बल आएपछि बल्ल शान्ति सुरक्षा प्रत्याभूति गर्न पाएको उनको भनाइ छ । स्थानीय लक्ष्मी कट्टेलले भनिन्– ‘पहिला गाउँबासीले रातभर आफंै गस्तीमा हिँडनुपर्ने बाध्यता थियो ।’ ‘गाउँबाट गाईबस्तु चोरी हुनुका साथै डाकाको त्रास पनि थियो, तर अहिले सशस्त्र प्रहरी आएपछि हामी ढुक्क भएर सुत्न पाएका छौं– उनले भनिन् ।
२०७१ चैत मसान्तमा डाकाको आक्रमणबाट श्रेष्ठको हत्या भएपछि स्थानीय राजनीतिक दलले सशस्त्र प्रहरी बल ल्याउन पहल शुरु गरेका थिए । स्थानीय राजनीतिक दलले विकेन्द्र लिम्बूको अध्यक्षतामा सर्वदलीय सशस्त्र प्रहरी बल स्थापना सरोकार समिति भनेर गठन गरे । समितिले स्थानीय प्रशासनदेखि लिएर नेपाल सरकार सम्मलाई सशस्त्र प्रहरी पठाउन भनी लिखित तथा मौखिक दवाव दिन थाले । समितिको दवावपछि गाउँमा ६ महिना अघि सशस्त्र प्रहरी ल्याउन सफल भएको सरोकार समितिका अध्यक्ष लिम्बूले बताए । उनका अनुसार सुशीला लिम्बूको एक तले घर भाडामा लिएर अस्थायी पोष्ट स्थापना गरेर सशस्त्र प्रहरीलाई राखेको हो । समितिले सशस्त्र प्रहरीको व्यवस्थापनका लागि ५ हजारदेखि ५० हजारसम्म रकम उठाएको छ ।
त्यसैबाट मासिक ३ हजार सशस्त्र बसेको घरको भाडा तिर्दै आएको लिम्बूले बताए । बाँकी रहेको रकमबाट अस्थायी आउट पोष्ट स्थापनाका लागि पृथ्वीनगर–८मा १० कठ्ठा जग्गा खरिद गरेको अध्यक्ष लिम्बूले बताए । तर चोरीतस्करीमा संलग्न केही दादा भन्ने व्यक्तिले सशस्त्र प्रहरी गाउँमा ल्याएकोमा समितिलाई मार्ने धम्की समेत दिएको उनले गुनासो पोखे । सशस्त्र प्रहरीले आपराधिक घटना तथा चोरीतस्करी नियन्त्रणमा कडाइ गर्छन् भन्दै केही व्यक्तिले धम्की दिँदै आए पनि सशस्त्र प्रहरी ल्याएर गाउँलेको सुरक्षा गर्न सफल भएकोमा उनले खुशी समेत व्यक्त गरे ।
भारतको खट्खटी सीमासँग जोडिएको झापाको सीमा स्तम्भ १०५ देखि ११० नम्बरको सीमा क्षेत्रका गाउँमा सशस्त्र प्रहरीले नियमित निगरानी गर्दै आइरहेको छ । सीमादेखि दुई किलोमिटरभित्र सशस्त्रको आउट पोष्ट भए पनि गाउँमा सशस्त्र प्रहरीले गस्ती गर्न थालेपछि स्थानीय हर्षित भएका छन् । यता स्थानीयको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई ६ महिना बित्न नपाउँदै बस्न समस्या भइसकेको छ । सरोकार समितिले पोष्टका लागि जग्गा खरिद गरे पनि बस्दै आएको भाडाको भवन पुस मसान्तपछि छाड्नुपर्ने भएकोले आफ्नै जग्गामा भवन बनाउन अहिले सरोकार समिति र सशस्त्र प्रहरी भवन निर्माणमा जुटेका छन् । भवन निर्माणका लागि समितिसहित सशस्त्र प्रहरीले स्थानीय व्यापारीसँग सहयोग माग्दै भौतिक सामग्री संकलन गरिरहेको सशस्त्र प्रहरी बल अस्थायी बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक गोपाल पोखरेलले बताए । उनले भने– माघ महिनाभित्रमा घर खाली गर्नुपर्ने घरधनीसँग सम्झौता भएकोले भवन निर्माणका लागि स्थानीय व्यापारीसँग इटा, बालुवा, बाँस, रड, सिमेन्ट सहयोग माग्दै छौं । अस्थायी भवन बनाउन पनि दुई÷चार महिना लाग्ने भएकोले केही समस्या उत्पन्न भएको उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट