संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैन : अध्यक्ष ओली

प्रकाशित मिति :2017-01-10 14:34:05

दमक ।xComrade-K-P-Oli-060715-700-1.jpg.pagespeed.ic.HHjvayOYeu

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताउनुभएको छ ।

झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उहाँले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाउनुभयो । “मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने छ” उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि निर्वाचन अपरिहार्य छ भन्नुभयो । करिब रु आठ करोडको लागतमा बन्ने एघार किमीे लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more