१२ डी मा दर्शकको आकर्षण, दर्शक भन्छन्– ‘छुट्टै संसार पाइयो’

प्रकाशित मिति :2017-01-11 09:53:22

(नरेन्द्र ढकाल)
विर्तामोड,15727376_1875209289383485_5711243125550449486_n (1)

देशमा रोजगारी छैन केही गर्न सकिएन भनेर दैनिक सयौं युवाहरु विदेशी रहेका बेला झापाका दुई युवाहरुले आफ्नै देशमा फरक तरिकाले पनि आफ्नो ब्यवसाय चलाउन सकिने सन्देश दिएका छन् ।
झापाको विर्तामोड नगरपालिका–९ का निमेश शिवाकोटी र शरणमती–४ का अशोक भण्डारीले चलचित्रको माध्यमबाट पनि मनोरञ्जन दिदैं ब्यवसाय गर्न सकिन्छ भन्ने उद्धेश्यले १२ डी सञ्चालनमा ल्याएका छन् । मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा परिचित विर्तामोडको हनुमान सेन्ट्रलमा २०७३ असोज १८ गतेबाट औपचारिक सुरुवात भएको उक्त १२ डी मा हाल सम्म १५ सय दर्शकले मनोरञ्जन लिइसकेको सञ्चालक मध्येका निमेश शिवाकोटी बताउँछन् ।

बिग फण्ड इन्टरटेनमेन प्रा.लिद्धारा सञ्चालित उक्त १२ डी मा दर्शकहरुले चलचित्रमा आफैं प्रवेश गरेको अनुभव पाउने गरेको प्रतिक्रिया दिएका छन् । अरु चलचित्रमा भने आँखाले हेरर मात्र मनोरञ्जन लिन सकिन्छ भने १२ डी चाँही आफैं अन्तरिक्षमा पुगेको, हावा चल्दा आफैंले अनुभव गरेको हिउँ पनि पर्ने पानीका फोहोरा समेत आउने गर्नाले मनोरञ्जनका साथै वास्तविकता पनि अनुभव गर्न पाइने भएकाले अरु सिनेमा घर जस्तो नभएको अर्का सञ्चालक अशोक भण्डारीले बताए ।

६० लाखको लागतमा सामुहिक रुपमा थालिएको यो ब्यवसायबाट राम्रो आम्दानी मात्र लिने माध्यम नभएर दर्शकलाई एकछिन भएपनि छुट्टै संसारमा पु¥याउन मद्धत गरेको सञ्चालकहरुको भनाई छ । स्वदेशमा नै केही गर्न सकेमा विशेदीको गुलाम बन्नु नपर्ने भन्दै उनीहरुले मन मिलेमा सबैले नयाँ काम गर्न सकिने बताएका छन् ।

आफुहरुले अध्ययनको क्रममा भारत तथा चीनका विभिन्न स्थानमा पुग्दा यो प्रविधिको बारेमा जानकारी पाएको र मेची अञ्चलमा नै पहिलो पटक यो प्रविधि झापामा भित्रियाउन सफल भएको उनीहरुले दाबी समेत गरेका छन् । विज्ञान विषयमा विभिन्न कुराहरु सैद्धान्तिक रुपमा अध्धयन मात्र गरिरहेका विद्यार्थी तथा अध्यापन गराई रहेका शिक्षकका लागी १२ डी नयाँ पाठशाला हुने सञ्चालक भण्डारीले दाबी गरे । हाल सम्म झापाका विभिन्न विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई १२ डी सिनेमा राउन ल्याइ सकेको बताइएको छ । सिनेमा हेराउने विद्यालयहरुमा लिटल फ्र्लावस् बोडिङ स्कुल, इष्ट होराइन बोडिङ स्कुल चिल्ड्रोन इभारोमेट स्कुल, धुलाबारी उमावि लगायतका विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई १२ डी सिनेमा देखाई सकेका छन् ।

१२ डी मा सिनेमा हेरिसकेपछि चिल्ड्रेन इभारोमेन्टका शिक्षक सन्तोष सुब्बाले आफैले अनुभव गरेर जस्तो महशुस भएको प्रतिक्रिया दिदैं पुन सिनेमा हेन आउने बताए । त्यस्तै लिटल फ्र्लावरसका शिक्षक लोकचन तामाङले आफुले १२ डीमा नयाँ अनुभव पाएकाले आफ्ना विद्यालयका विद्यार्थीलाई समेत सामेल गराएको भन्दै यसले नयाँ अनसभवको महशुस गर्न पाएको बताए ।
त्यस्तै ब्यवसायी तथा सामाजिक ब्यक्ति ओमप्रकाश लुईटेल भन्छन्–मलाई त १२ डी लै मोहनी नै लगायो एक पटक हेरेपछि यो सिनेमा घरमा आएर मनोरञ्जन लिन पल्केको छु । यो वास्तविक जस्तो लाग्छ यसले छुट्टै संसारमा पु¥याउछ । १२ डी हेर्दा मज्जा र डर पनि उस्तै हुन्छ अनि त्यहाँ नै आउने लुईटेलको भनाई छ ।

यस सिनेमामा दर्शकहरुले अरु सिनेमामा भन्दा निकै फरक महसुस गर्न सक्ने सिनेमाका सञ्चालक शिवाकोटीले बताए । सिनेमाको पर्दामा प्रदर्शन भइरहेको दृष्यहरुमा आफु सहभागी भए जस्तो महसुस गराउने सिनेमा हल पूर्वको विर्तामोडमा पहिलोपटक स्थापना भएको हो । उक्त सिनेमाहल भित्र एक पटकमा १२ जनाले मनोरञ्जन लिन सक्ने सञ्चालक भण्डारीले बताए ।

उनका अनुसार ५ पवर्ष मुनिका बालबालिका तथा मुटुरोगी, गर्भवती महिला बाहेक सबैले सिनोमा हेरेर मनोरञ्जन लिन सकिने छ । पछिल्लो समय १२ डीले विभिन्न अफरहरु समेत प्रदान गर्दै मनोरञ्जन प्रदान गर्न थालेपछि दर्शकहरुको समेत भीड बडी रहेको बताइएको छ । बिहान ८ बजेबाट बेलुकी ७ बजे सम्म प्रत्येक घण्टा सञ्चालन हुने फिल्ममा दर्शकहरुले भरपुर आन्नद लिन सकिाने भण्डारीले जानकारी दिए । उनीहरुले देशमा नै केही गर्न खोज्ने युवा शक्तिाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन् । आफुहरु्रले विदेशबाट सामानहरु आयत गर्दा सरकारले करमा समेत छुट नदिएको भन्दै केही गर्न खोज्नेलाई सहयोग गर्न थर्फ सरकारले ध्यान दिनुपर्ने विचार ब्यक्त गरे ।

साथै उनीहरुले तरकारी खेती, ब्यपार ब्यवसाय, गाईपालन, चिया खेती मात्र नभई सिनेकाका माध्यमबाट पनि राम्रो आम्दानी गर्न सकिने बताए । उनीहरुले १२ डी को बारेमा बुझेका ब्यक्तिहरुले फ्ल्मिको मज्जा लिन आउने गरेको भन्दै सर्वैसाधारणलाई पनि यो विषयमा जानकारी गराउने काम भइरहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more