तलेजु मन्दिर परिषरमा आगलागी

प्रकाशित मिति :2017-01-11 19:19:03

भक्तपुर ।talaju

भक्तपुर तलेजु मन्दिर परिषरमा आज दिउँसो आगलागी भएको छ ।

विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको ¥याक र भाँडा जलेको सुवाल घरका नाइके पूण्यराम सुवालले जानकारी दिनुभयो ।

मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा दिउँसो अचानक आगलागी भएपछि नेपाली सेना , नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिषर् भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो ।

तलेजुलाई बिहान भोग चढाउन प्रसाद पकाउनका लागि प्रयोग हुने दुईतले सुवाल घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more
ताजा अपडेट