ताजा समाचार
  • ट्रयाक्टर दुर्घटना हुँदा तीनको मृत्यु
  • जोखिम बढेपछि प्रतापपुर मन्दिर भत्काइयो, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मन्दिर बन्ने
  • कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…

    नसर्ने रोगको जोखिम बढ्दै, मन्त्रालयले सुरु ग¥यो ‘पेन प्याकेज’ कार्यक्रम

    प्रकाशित मिति :2017-01-11 19:30:15

    काठमाडौँ ।images

    फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन् ।

    प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले  स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा चिकित्सकले यी रोग रोकथामका लागि सरकारले नै भरपर्दो कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले नसर्ने रोगको जोखिम दिनानुदिन बढ्दै गएको र नेपालमा नसर्ने रोगबाट ६० प्रतिशत मृत्यु हुने गरेको विश्वस्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको बताउनुभयो ।

    मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले नसर्ने रोगको अर्को प्रमुख कारण मधुमेह भएको भन्दै त्यसका लागि आफ्ना आचरण परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले नसर्ने रोगको जोखिम बढ्न थालेपछि पेन प्याकेज कार्यक्रममार्फत कैलाली र इलामबाट जनचेतना र उपचार सेवा दिन सुरु गरेको छ ।

    नेपालमा नसर्ने रोगका कारण ६० प्रतिशत व्यक्तिको मृत्यु भएको बताउँदै प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाका निर्देशक मोहम्मद दाउदले भन्नुभयो, “नसर्ने रोगको समस्या बढ्दै आएकाले आर्थिक वर्ष २०७३÷०७४ देखि नै वार्षिक कार्यक्रममार्फत अन्य नसर्ने रोगको उपचार कार्यक्रम सुरु गरेका हौँ ।”

    यसै वर्ष नै मकवानपुर, रौतहट, म्याग्दी, अछाम, पाल्पा, बर्दिया, सुर्खेत, बाग्लुङमा पनि नसर्ने रोगबारे कार्यक्रम विस्तार गरिने महाशाखाले जनाएको छ । पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वास (सिओपिडी) रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर कार्यक्रम सुरु गरेको छ । कार्यक्रम विस्तार हुने जिल्लामा चारवटै रोगको कार्यक्रम अघि बढाइने तयारी भएको निर्देशक दाउदले बताउनुभयो ।

    निर्देशक दाउदका अनुसार पेन प्याकेज कार्यक्रममा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने, कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरी नसक्ने अवस्था हुनासाथ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउन सक्नेछ ।

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट