घरैमा पुगेर सरकारी सेवा

प्रकाशित मिति :2017-01-11 19:46:22

तेह्रथुम ।25042016081349Nagarikata-1000x0

इलाका प्रशासन कार्यालय संक्रान्तिबजार तेह्रथुमले पूर्ण अपाङ्गता भएका एकै परिवारका दुई जनालाई घरैमा पुगेर नागरिकता प्रदान गरेको छ ।

कार्यालयका प्रमुख सफल पोर्तेलसहितको एक टोलीले मङ्गलबार संक्रान्तिबजार–९ बस्ने पूर्ण अपाङ्ग २१ वर्षे नरेन्द्र चिमरिया र उनकी दिदी २८ वर्षे सीतादेवी चिमरियालाई नागरिकता वितरण गरेको हो ।  यस्तै ९० वर्षे नरेन्द्रकी हजुरआमा पवित्रादेवीलाई पनि सामाजिक सुरक्षा भत्ताका लागि नेपाल बङ्गलादेश बैँकको संक्रान्तिबजार शाखा प्रबन्धक टङ्क लिम्बूले खाता खोली दिनुभएको छ ।

दुई अपाङ्ग दिदीभाइको जन्मदर्तासमेत नहुँदा यसअघि सरकारले दिने सेवा सुविधाबाट वञ्चित भइरहेको खबर पाएपछि घरैमा गएर जन्मदर्तासँगै नागरिकता समेत दिइएको संक्रान्तिबजार उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो ।

टोलीमा काँग्रेस गाउँ सभापति भोला काफ्ले, मालपोत संक्रान्तिबजार शाखा प्रमुख कुलप्रसाद दाहाल, सशस्त्र प्रहरी बेसक्याम्प प्रमुख देबेन्द्रबहादुर थापा, गाविस सचिव चित्रकुमार भट्टराईलगायत सहभागी थिए ।

बैंकमार्फत मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था भएपछि जिल्ला विकास समितिले संक्रान्तिबजारलगायत यहाँका सात गाविसलाई नेपाल बङ्गलादेश बैंकबाट भत्ता वितरण गर्ने व्यवस्था गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट