ताजा समाचार
  • जोखिम बढेपछि प्रतापपुर मन्दिर भत्काइयो, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मन्दिर बन्ने
  • कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…
  • सोलुखुम्बुमा लेक लागेर एक जनाको मृत्यु

    दुहागढीका स्थानीयवासी र उद्योगीबीच सहमति

    प्रकाशित मिति :2017-01-12 09:14:13

    बिर्तामोड ।MAPJHAPA

    झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई ६ महिनाभित्र व्यवस्थित गर्न सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । उत्पन्न विवाद मिलाउन नव सिर्जनशील युवा समाज दुहागढीले बुधबार आयोजना गरेको छलफलमा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा त्यहाँबाट निस्किएको धुवाँ, धुलो र ध्वनिले आक्रान्त बनेका स्थानीयवासी आन्दोलित भएपछि युवा समाजको समन्वयमा उद्योगी र स्थानीयवासीबीच छलफल भएको हो । छलफलमा स्थानीयवासीले उठाएका १४ बुँदे सवालमा उद्योगीले धुवाँ, धुलो र ध्वनिलाई पूर्णरुपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।

    त्यस क्रममा उद्योगीले उद्योग व्यवस्थापन गर्न ६ महिनाको समय मागेका छन् । छलफलमा गोरखकाली सिमेन्ट उद्योगका सञ्चालक दीपेश ढकाल, तीर्थ ढकाल, हिमालयज सिमेन्ट उद्योगका सञ्चालक उमेश डालमियाले उठेका सवालको जवाफसहित उत्पन्न समस्यालाई पूर्णरुपले समाधान गर्ने बताउनुभयो ।

    उद्योग व्यवस्थापन भए÷नभएको अनुगमनका लागि बद्री महतको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ ।

    छलफलमा उद्योग सङ्घ झापाका अध्यक्ष टीका ढकालले स्थानीयवासी र उद्योग बीचको सम्बन्ध प्रगाढ भए मात्रै दुवै तर्फको समस्या समाधान हुने बताउनु भयो ।

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट