ताजा समाचार
  • ट्रयाक्टर दुर्घटना हुँदा तीनको मृत्यु
  • जोखिम बढेपछि प्रतापपुर मन्दिर भत्काइयो, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मन्दिर बन्ने
  • कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…

    संविधान कार्यान्वयन गर्न दलहरु गंभीर हुनुपर्छः महामन्त्री कोइराला

    प्रकाशित मिति :2017-01-12 09:16:56

    दमक ।Sasanka-Koirala

    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

    झापाको दमकमा बिपी चिन्तन प्रतिष्ठान झापाले गरेको प्रजातन्त्र सेनानीको सामूहिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयन गरी देशलाई शान्ति र संमृद्धितर्फ अघि बढाउन संविधानले दिएको समयसीमाभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

    उहाँले जनताको उपलब्धिका रुपमा प्राप्त अधिकारलाई संस्थागत गर्नसमेत निर्वाचन मात्र एक मात्र संवैधानिक प्रक्रिया भएको धारणा राख्नुभयोे ।
    त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा, सरिता प्रसाई, सांसद महेन्द्रकुमारी सुब्बा, पार्टी सभापति उद्धव थापा, प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष गङ्गा पराजुलीलगायतले बिपीको मेलमिलापको महत्वका बारेमा बोल्नुभएको थियो ।

    ४१ औँ मेलमिलाप दिवसको सन्ंदर्भको अवसर पारेर आयोजित सो कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका ४१ जना योद्धाहरुलाई सामूहिकरुपमा सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा पूर्व सांसद डिल्ली सिटौला, चक्रप्रसाद बाँस्तोला, पूर्णानन्द शर्मालगायत हुनुुहुन्छ ।

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट