ताजा समाचार
  • जोखिम बढेपछि प्रतापपुर मन्दिर भत्काइयो, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मन्दिर बन्ने
  • कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…
  • सोलुखुम्बुमा लेक लागेर एक जनाको मृत्यु

    विद्युत् मिटर वितरण गर्न नसक्दा चुहावट नियन्त्रणमा समस्या

    प्रकाशित मिति :2017-01-12 09:22:40

    बिर्तामोड।electric-meter

    नेपाल सरकारले विद्युत् चुहावट नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेका बेला झापामा सेवाग्राहीको माग अनुसार प्राधिकरणले विद्युत् मिटर वितरण गर्न नसक्दा चुहावट नियन्त्रणमा समस्या देखिएको छ ।
    नेपाल सरकार ऊर्जा मन्त्रालय मातहतमा रहेको नेपाल विद्युत् प्राधिकरणले देशभर यस्तो अभियान चलाए पनि झापामा एक लाख ५८ हजार तीन सय ग्राहकले मात्र महशुल बुझाएर विद्युत् उपयोग गरिरहेका छन् ।
    झापामा हाल २१ हजार ग्राहकले विद्युत् मिटर पाउनुपर्ने माग गर्दै प्राधिकरणमा आवेदन दिएका छन् । तर, प्राधिकरणले सवै मागकर्तालाई विद्युत् मिटर उपलव्ध गराउन सकेको छैन । आवेदन दिएका अधिकांशलाई प्राधिकरणले लामो समयसम्म विद्युत् मिटर उपलब्ध गराउन नसक्दा विद्युत् चोरेर उपयोग गरिरहेको बताइएको छ ।
    प्राधिकरणको तथ्यांक अनुसार नेपाल विद्युत् प्राधिकरण भद्रपुर शाखा अन्तर्गत ४२ हजार तीन सय ग्राहकले नियमित विद्युत् महशुल बुझाइरहेका छन् भने दमकका ६५ हजार र अनारमनी सेवा केन्द्रका ५१ हजार ग्राहकले मात्रै विद्युत् मिटर लिएर नियमित विद्युत् महशुल बुझाउने गरेका छन् ।
    झापामा दमक, अनारमनी र भद्रपुरमा रहेका प्राधिकरणका सेवा केन्द्रले अहिले २०७१ सालमा परेका आवेदनको भर्खर मात्र विद्युत् मिटर वितरण गरिरहेको छ । त्यस यता २१ हजार ग्राहकले विद्युत् मिटर पाउनुपर्ने माग गर्दै सेवा केन्द्रमा आवेदन दिएको प्राधिकरण श्रोतले जनाएको छ ।
    नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रणका लागि अभियान नै सञ्चालन गरे पनि अधिकांशले प्राधिकरणको अभियानलाई असहयोग गरेको बताइन्छ । एक स्थानीयबासी भन्छन्– ‘प्राधिकरणसँग विद्युत् मिटर मागेको दुई वर्ष भयो अझै विद्युत् मिटर दिएको छैन, बिजुली चोरेर नबाले अब के गर्नु ?’ उनले प्रतिप्रश्न गरे ।
    नेपाल विद्युत् प्राधिकरण भद्रपुर शाखाका प्रमुख रोशन खड्काका अनुसार भद्रपुरमा मात्रै पाँच हजार स्थानीयबासीले विद्युत् मिटर पाउनुपर्ने माग गर्दै आवेदन दिएका छन् । उनका अनुसार अहिले प्राधिकरणले २०७२ साल चैतसम्म परेका आवेदकलाई मात्र विद्युत् मिटर बितरण गरिरहेको छ । भद्रपुर शाखाले दुई नगरपालिकासहित १५ वटा गाविसमा विद्युत् सेवा प्रवाह गर्दै आएको बताइन्छ ।
    यता अनारमनी सेवा केन्द्रमा पनि विद्युत् मिटरका लागि आठ हजार आवेदन परेका छन् । विद्युत् मिटर पर्याप्त नभएका कारण प्राधिकरणले माग अनुसार विद्युत् मिटर वितरण गर्न नसकेको केन्द्रप्रमुख राजीवकुमार सिंहले बताए । प्राधिकरणले चार नगरपालिकासहित १४ गाविसका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको बताइन्छ ।
    उता दमक वितरण केन्द्रका केन्द्र प्रमुख सुरेन्द्र साहका अनुसार दमक शाखामा पनि आठ हजार विद्युत् मिटरको माग रहेको छ । तर, प्राधिकरणले माग अनुसार विद्युत् मिटर उपलब्ध गराउन नसकेको केन्द्र प्रमुख साहले बताए । दमक सेवा केन्द्रले तीन नगरपालिकासहित १४ गाविसमा विद्युत सेवा प्रवाह गर्दै आएको छ ।
    यता राष्ट्रिय जनगणना २०६८को तथ्याङ्क अनुसार झापामा विद्युत् सेवा प्रयोग गर्नेको संख्या एक लाख ५१ हजार तीन सय ७४ घरधुरी रहेको उल्लेख छ ।
    चुहावट नियन्त्रण अभियानका क्रममा ३१ लाख राजश्व
    विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा सबैभन्दा बढी अनारमनी बितरण केन्द्रले राजश्व संकलन गरेको छ ।
    प्राधिकरणका केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार विद्युत् मिटर बाईपास गर्ने र हुकिङ गरी विद्युत् चोरी गर्नेहरुबाट प्राधिकरणले २० लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।
    उता भद्रपुर वितरण केन्द्रका सूचना अधिकारी जयराम आचार्यका अनुसार विद्युत् चुहावट गर्ने एक सय १७ जनालाई कारवाही गरेर प्राधिकरणले पाँच लाख ६६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । मिटर बाईपास गर्नेबाट दुई लाख १९ हजार रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकारी आचार्यले बताए ।
    त्यस्तै दमक शाखाले चुहावट नियन्त्रण अभियानका क्रममा एक सय ३४ जनालाई कारवाही गर्दै पाँच लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ ।

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट