ताजा समाचार
  • जोखिम बढेपछि प्रतापपुर मन्दिर भत्काइयो, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मन्दिर बन्ने
  • कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…
  • सोलुखुम्बुमा लेक लागेर एक जनाको मृत्यु

    हिउँचितुवा पाइने मुलुकको मन्त्रिस्तरीय बैठक नेपालमा हुने

    प्रकाशित मिति :2017-01-12 09:31:40

     काठमाडौं ।him-chituwa

    संकटापन्न हिउँचितुवा संरक्षणमा विश्वव्यापी प्रयास, प्रगति र आगामी कदमबारेमा हिउँचितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ ।

    ‘हिउँचितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जीएसएलइपी) तथा सर्वेक्षण कार्यशाला’ र त्यससम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठक हुने वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ ।

    विश्वमा हिउँचितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

    सम्मेलनबारे जानकारी दिन मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहसचिव डा. महेश्वर ढकालले सबै देशबाट मन्त्री र उच्चस्तरीय प्रतिनिधिको सहभागिता रहने निश्चित भएको जानकारी दिए ।

    उनले बैठकमा आगामी योजनाको लागि स्रोत परिचालन रणनीतिको पहिचान गर्ने, हिउँचितुवाको अवैध चोरी–सिकार तथा व्यापारविरुद्ध जुध्न साझा विचार विकास गर्ने र हिउँचितुवासम्बन्धी अध्ययन अनुसन्धानमा पहलकदमी लिनेलगायत मुख्य विषयमा छलफल हुने बताए ।

    सहसचिव ढकालले सम्मेलनले जैविक विविधता संरक्षण, नेपालको पर्यापर्यटनमा टेवा, निजी क्षेत्रलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।जीएसएलइपी हिउँचितुवा पाइने १२ ओटा देशका नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी संघ–संस्थाको संयुक्त प्रयास हो । यसको प्रमुख उद्देश्य हिउँचितुवालाई आफ्नो प्राकृतिक बासस्थानमा जोगाइराख्नु हो ।

    यसको सुरुवात किर्गिजिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा सन् २०१३ मा भएको हिउँचितुवा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जारी भएको ‘विश्केक घोषणापत्र’ भएपश्चात भएको हो । वनमन्त्री शंकर भण्डारीले यस्तो महत्वपूर्ण बैठक नेपालमा आयोजना गर्ने अवसर मिल्नु र उच्चस्तरीय सहभागी प्रतिनिधिलाई स्वागत् गर्न पाउनु खुसीको मौका भएको बताए ।

    उनले बैठक हिउँचितुवा र तिनीहरुको अमूल्य उच्च हिमाली परिस्थितिकीय प्रणाली संरक्षण गर्न र त्यहाँ बसोबास गर्ने मानिसको जीवनस्तर उकास्नका लागि कार्यदिशा पहिल्याउन उपयोगी हुने विश्वास व्यक्त गरे ।

    जीएसएलइपी उच्चस्तरीय सन्चालन समितिको नेतृत्वदायी भूमिकामा सन् २०२० सम्ममा हिउँचितुवाको सुरक्षित बासस्थान सुनिश्चित गर्ने उद्देश्यले हिउँचितुवा पाइने देशहरुले २३ ओटा भू–दृश्यको पहिचान गरेका छन् । बैठकमा समिति सदस्यले उक्त भू–दृश्य सुरक्षित गर्न के–कति सफलता मिल्यो भनी पुनरावलोकन गर्नुका साथै आगामी कदम र प्राथमिकताको पहिचान गर्नेछन् ।

    समितिले सन् २०१७ को मध्यतिर किर्गिजिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा हुने हिउँचितुवासम्बन्धी शिखर सम्मेलन र हरित लगानी मञ्चका लागि एजेन्डा तयार पार्नेछ ।

    ‘ग्लोबल टाइगर इनिसेटिभ काउन्सिल’का सदस्यसमेत रहेका आपूर्तिमन्त्री दीपक बोहराले बाघ संरक्षणमा नेपालले विश्वमै नेतृत्वदायी सफलता हासिल गरेको बताउँदै लोपोन्मुख प्रजातिको चोरी–सिकारी तथा बेचविखनलाई सबै मिलेर प्रभावकारी ढंगबाट नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

    काठमाडौंमा हुने उक्त बैठक नेपालकोमात्र नभइ विश्वकै जैविक विविधता र वातावरण संरक्षणमा उपयोगी हुने उनको धारणा थियो ।हिउँचितुवा उच्चहिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हो । हिउँचितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीन हजार ५०० देखि सात हजारको संख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँचितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ ।

    मन्त्रालयले हिउँचितुवा संरक्षणमा बासस्थानको विनास, मानव र जनावरबीच हुने द्वन्द्व, प्राकृतिक विपत्ति, जलवायु परिवर्तनलगायत चुनौती देखिएको जनाएको छ ।

    मन्त्रालयले पछिल्लो चरणमा हिउँचितुवा पाइने हिमाली क्षेत्रलाई तीनखन्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएको छ । जसमध्ये पूर्वको कन्चनजंघादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धौलागिरि हिमालसम्म र कालीगन्डकी नदीदेखि अपीनपा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।

    वनसचिव कृष्णचन्द्र पौडेलले जलवायु परिवर्तनका नकारात्मक असरले उच्चहिमाली क्षेत्रमा बढी असर पुर्‍याएको भन्दै हिउँचितुवा संरक्षणले अन्ततः हिमाली पर्यावरणकै संरक्षणमा मद्दत पुग्ने धारणा व्यक्त गरे ।

    चार दिनसम्म चल्ने बैठकमा सबै देशबाट आउने उच्चस्तारीय सरकारी प्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ताको बृहत् छलफलपछि हिउँचितुवा संरक्षणका प्रभावकारी कदमसहितको काठमाडौं घोषणापत्र जारी हुनेछ ।

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट