ताजा समाचार
  • जोखिम बढेपछि प्रतापपुर मन्दिर भत्काइयो, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मन्दिर बन्ने
  • कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै
  • सरकारी अधिकृतको हेलिकोप्टरमै मृत्यु
  • हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा
  • अवैध काठ बरामद
  • ६८ सालमा बनाइसक्ने भनेको पुलमा बल्ल लठ्ठा राख्न थालियो
  • यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी
  • महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’
  • जिल्ला भ्रमण गर्दै, सरकारी ढुकुटी रित्याउँदै मन्त्रीहरू
  • जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग
  • आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ ५ गते बुधबार
  • चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्
  • प्रियंका चोपडाको फिल्ममा मञ्जु क्षत्री नायिका
  • प्रियंकाले आफ्नै देशका प्रधानमन्त्रीको नाम भुलेपछि…
  • सोलुखुम्बुमा लेक लागेर एक जनाको मृत्यु

    विश्वयात्रीको ‘देखेको विश्व र नेपाल’ विमोचित

    प्रकाशित मिति :2017-01-12 09:51:01

    काठमाडौँ, ।images

    नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ बुधबारदेखि काठमाडाँैमा विमोचन भई बजारमा आएको छ ।

    भारत, भुटान र म्यानमार देशको भ्रमण क्रम एक बर्षमा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृतिका रुपमा आएको हो । भारत, भुटान र म्यानमारमा रहेका नेपालीले आफ्नो भाषा र संस्कृतिको जगेर्नामा खेलेको प्रशंसनीय भूमिका पुस्तकमा चित्रण गरिएको छ ।

    विश्वदर्शन अभियान, नेपालको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले पुस्तक लोकार्पण गर्दै पुस्तकमा भारत लगायतका मुलुकमा विश्वयात्रीद्वय कोहम् र सोहम्ले देख्नु र अनुभव गर्नु भएका विषयलाई सरल शैलीमा प्रस्तुत गरिएकाले नयाँ पुस्तालाई उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

    योग तथा प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ ले नेपालको राष्ट्रिय एकता मजबुत बनाउन लेखकद्वयले विश्वयात्रा गरिरहेकाले पुस्तक कतै संस्मरण, कतै आख्यान त कतै पत्रकारिता शैलीमा विविध विषयसहित आएको विचार व्यक्त गर्नुभयो ।

    राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले सो पुस्तकले पाठकलाई भारतका विभिन्न प्रदेशबारे तथा त्यहाँ नेपाली संस्कृति जोगाउन त्यहाँ रहेका नेपालीद्वारा गरिएका प्रयासबारे जानकारी उपलब्ध गराउने बताउँदै विश्वदर्शन अभियान नेपालले विभिन्न समयमा गरेका सामाजिक सेवाका कार्यको सराहना गर्नुभयो ।

    कार्यक्रममा हास्य कलाकार श्रीकृष्ण सिम्खडा, भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङ्दोर्ची शेर्पा लगायतका वक्ताले पुस्तक गुणस्तरीय र सबैलाई मार्गदर्शन गर्ने खालको रहेको बताउनुभयो ।

    सोही अवसरमा भारतबाट आउनुभएका नेपाली भाषा पनि जान्ने असमिया भाषी गायक लोहित गोगोईले नेपाल–भारत सम्बन्ध र विश्वबन्धुत्वको सन्देश समेटिएको कविता नेपाली भाषामै सुनाउनुभयो ।

    यसअघि यात्रीद्वयको गृहजिल्ला भोजपुरमा विमोचित कृति लेखकले २०७०÷७१ मा एकबर्षको भ्रमणको अनुभवमा आधारित रहेको र यसको मुल्य रु ३०० रहेको छ ।

    Notes Nepal

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

    kidney_health

    किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

    यी ४ सपना मानिसले चाहेर पनि भुल्न सक्दैन

    proxy

    निदाएपछि सबैले सपना देख्छन्। हामीले जुन सपना देख्छौँ, त्यो हाम्रो वरिपरिकै घटना हुन्छन् भनिन्छ। उदाहरणका

    Read more
    ताजा अपडेट