स्वस्थानी भित्रको रहस्य, जव ब्रतकै कारण पार्वतीले महादेव पति पाइन्

प्रकाशित मिति :2017-01-12 11:12:35

श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

ब्रतको नियम

ब्रतालुहरू हरेक दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गरी ब्रत बस्ने गर्दछन् । ब्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नका साथै घरघर वा समुहमा बसेरमा श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति गौरीघाट, गुहेश्वरी, सतीदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा ब्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ ।

 

स्वस्थानी परमेश्वरीको अनुष्ठान व्रत गरे मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वसले नेपालमा पौष शुल्क पूर्णिमादेखि माघशुल्क पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधाना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने प्रचलन परापूर्वकाल देखि चल्दै आएको छ ।

             सत्ययुगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलीङ्ग बनाई निराहार ब्रत बसेर तपस्य गरी मनोकाङ्क्षा पूर्ण भएको कुरा यस कथासँग जोडिएको छ । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीकारूपमा उनको जन्म भयो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकण्टार वनमा पुगेरमहादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसारगर्न सल्लाह दिए । भगवान् विष्णुले पनि महादेव पति पाउन श्री स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीलेविधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी थिइन् । त्यसको फलस्वरूप उनले महादेव पति पाइन् । शिव पार्वतीको विवाह भइसकेपछि लोककल्याणका लागि परम्परागत रुपमा सोही व्रतकथा प्रचलित हुँदै आएको मानिन्छ । सुख, सन्तोष, उन्नति तथा परमार्थमा शिवलोक पाउने कामनाकासाथ जगदीश्वर महादेवको स्तुति एवम् भक्तिपूर्वक  पूजा आराधाना गरिन्छ । कथावाचन सकिएपछि स्वस्थानी कथा पुस्तकको पूजाअर्चना गरी प्रसाद ग्रहण गरिने परम्परा छ ।

                स्वस्थानी शब्द ‘स्व’ र ‘स्थान’ गरी दुई शब्द मिलेर अन्त्यमा ‘ई’ प्रत्यय लागेर बनेको छ । यसको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा रहने भगवती भन्ने बुझिन्छ । अष्टदलका वरिपरि रहनेअष्टमातृका (चामुण्डा, महाकाली, वैष्णवी, ब्राहृमी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी) का बीच त्रिशूल, तरवार, कमल र चक्र लिएर रहेकी देवीको स्वरूप बताइएको छ । अष्टदल पद्ममा अष्टमातृका, त्यसमाथि खड्ग, त्रिशूल, वर, नीलोत्पल हातमा लिएकी चार हात, तीन आँखा भएकी, विभिन्न गहनाले शोभायमान, सुनौलो वर्ण भएकी देवीकोस्वरूप छ । यस्ती देवी स्वस्थानीको विधिपूर्वक व्रत एवं पूजा-आराधना गर्नाले मनोकाङ्क्षा सिद्धि हुने विश्वासगरिन्छ ।

                 पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखीसङ्कल्पपूर्वक व्रत आरम्भ गरिन्छ । एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा-आराधना गरिन्छ । व्रतालुहरूले पूजा-आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वाश्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याहृनकालमा एक पटकमात्र भोजन गर्ने गर्छन् । विधिपूर्वकव्रत नबस्नेहरूले पनि आ-आफ्नो  घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्दछन् । यसप्रकारकले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूणिर्माको दिनसमापन गरिन्छ । यस दिन सम्पूर्ण पूजासामग्री सहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तुहरू १०८ कोसङ्ख्यामा हुने गर्छन् । अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी, एवं मौसम अनुसारका फलफूलहरू सबैएकसय आठका दरले चढाई शिवलिङ्ग सहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानीको विशेष पूजा गरिन्छ । पूजासकिएपछि जुन कामनाले व्रत गरिएको हो सो कामना पूरा होस् भन्दै अर्घ दिई यस व्रतको समाप्ति गरिन्छ ।

                 स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थलहरू नेपाल विशेषगरी काठमाडौंभित्रै रहेका छन् । कथाकाविभिन्न प्रसङ्गमा आएका गुहृयेश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदीजस्ता क्षेत्र यहीं पर्ने हुनाले पनि नेपाली समाजमा यस व्रतले बढी महत्त्व पाएको प्रतीत हुन्छ । राजधानीदेखि १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शंकरापुर (साँखु) मा रहेका मणिशैल (शाली) नदीकिनारमा महिला तथा पुरुषहरू श्रीस्वथानीको पूजाआराधना गर्दै व्रत बस्ने पनि परम्परा छ । स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्दछ । यस ठाउँमासयौं व्रतालुहरू पुस माघको चिसोलाई समेत बेवास्ता गर्दै एक महिनासम्म बस्ने गर्दछन् भने अन्य दर्शनार्थीहरू पनिस्नानदर्शन आदि प्रयोजनका लागि पुग्ने गर्दछन् । सार्वजनिक बिदाको दिनमा श्रद्धालु भक्तजनहरूको ज्यादै भीडलाग्ने गर्दछ । यसैगरी पशुपति गुहृयेश्वरी, किराँतेश्वर, गौरीघाट, मृगस्थली आदि क्षेत्रमा महिनाभरि नै दर्शन एवंपूजन गर्नेहरूको भीड लाग्छ । गौरीघाटमा रहेकी भगवती पार्वतीको दर्शनको महिमा स्वस्थानी व्रतकथामा लेखिएकोछ । यसका साथै मुलुकभर रहेका पीठहरू (सतीदेवीका अङ्ग पतन) भएका स्थानमा पनि भक्तजनको भीड लाग्दछ। यी पीठको महत्त्व बुझी एक पीठको मात्र दर्शन गरे पनि जन्म सफल हुने स्वस्थानी व्रतकथामा वर्णन गरिएको छ ।

                 स्वस्थानीको प्रत्येक अध्यायको कथा सकिएपछि इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानीव्रतकथायां…….भन्दै स्वस्थानीको आधारग्रन्थ स्कन्दपुराण भएको बताइएको छ । ३१ अध्यायमा विभक्त स्वस्थानीव्रतकथाका केही कथा स्कन्दपुराणबाट लिइएको भए पनि सबै होइनन् । पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३श्लोक मात्र स्वस्थानी व्रतमाहात्म्य बताइएको छ । स्वस्थानीको कथामा आउने प्रसङ्गहरू स्वस्थानी देवीको स्वरूप, व्रतविधिलगायत शिवशर्मा, गोमा, नवराज आदि प्रसङ्ग सामान्य रूपमा बताइएको छ । यसबाहेक श्रीमद्भागवत, विष्णु बाराहलगायतका पुराणलाई पनि स्वस्थानी कथाको आधार बनाइएको छ । यिनै विभिन्न पुराणलाई आधार बनाएर पहिले स्वस्थानी नेवारी भाषामा लेखिएको थियो । पहिले स्वस्थानी व्रतनेवार समुदायले मात्र लिने गर्दथे । पछि व्यापारिक सिलसिलामा नेवारहरू देशभरि फैलिएपछि स्वस्थानी व्रतले पनि फैलिने मौका पायो भन्नेहरू पनि छन् । करिब पाँचसय वर्षयता मात्र स्वस्थानी नेपालीमा लेखिन थालिएको शिवराजआचार्य कौण्डिन्न्यायनले लेख्नुभएको वैदिक धर्म मूल रूपमा भन्ने पुस्तकमा उल्लेख छ ।

                                                            “इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानीव्रतकथायां……………..

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट