तपाइ कति सेक्सी ? अब राशीबाटै थाह हुने

प्रकाशित मिति :2017-01-12 13:45:06

कुन राशीका मान्छे कति सेक्सी ?

हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिस अनुसार रुची पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो ।

 

यसैगरी यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । कसैलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पुग्छ ।

ज्यौतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक हुनुको कारण राशि हो ।

१. मेष राशिका मान्छे छिट्टै आवेशमा आउँछन् ।

मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् ।
यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने वेलामा यिनीहरु आतुर हुन्छन् ।

२. वृष राशिलाई चुम्बन मन पर्छ ।

वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

३. मिथुन राशिलाई प्रेमालाप मन पर्छ ।

यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीप्रति पनि सचेत हुन्छन् ।

४. कर्कट राशिवालाहरु प्रेममा उत्साहित हुन्छन् ।

यो राशिका मानिस भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमि महसुस भैरहन्छ ।

५. सिंह राशिले पर्खिन्छन् पार्टनरको इशारा ।

६. कन्या राशिमा यौनप्रति विशेष रुची ।

यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

७. तुला राशिका मानिसमा सम्बन्ध बढाउने चाहाना हुन्छ ।

यो राशिका ब्यक्ति आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भैहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

८. वृश्चिक राशिमा कामुक भावनाप्रवल हुन्छ ।

वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

९. धनु राशि जतिबेला पनि यौनका लागि तयार ।

यो राशिका मानिसको विशेषकता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

१०. मकर राशिलाई चुम्बन मन पर्छ ।

यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टीप्रति कम सचेत हुन्छन् ।

११. कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन पर्छ ।

यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउँछन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।

१२. मीन राशिको सम्बन्ध सुखद र आनन्ददायक हुन्छ ।

यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टीमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराँउछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more