‘नाङ्गै’ बनिन नायिका ईशा गुप्ता

प्रकाशित मिति :2017-08-18 14:54:07

मुम्बई ।

नायिका ईशा गुप्ता आजकाल आफ्नो नयाँ फिल्म ‘बादशाहो’भन्दा बढी फोटोसुटका कारण चर्चामा छिन् ।इन्स्टाग्राममा नग्न फोटोका कारण उनले आपत्तिजनक र भद्दा कमेन्टको सामना गर्नुप-यो । अब ईशाले पनि आफ्ना आलोचकलाई कडा जवाफ दिएकी छिन् ।

यी सबै कुराका लागि आफू पहिले नै तयार भएको बताउने ईशा भन्छिन्, ‘मलाई लाग्दैन कि मेरो तस्बिरमा केही अश्लीलता छ । यो मेरो शरीर हो । हाम्रो देशमा महिलामाथि नै सधैं आरोप लगाइन्छ । मलाई थाहा थियो कि मैले पनि मानिसहरुको रिसको सामना गर्नुपर्छ । मैले पहिले पनि यस्तो प्रकारको फोटोसुट गराएकी थिएँ जब म मोडलिङ गर्दथें । म त्यतिबेला पनि नग्न र टपलेस हुने गर्दथें तर त्यतिबेला मानिसहरुले मलाई कहिले पनि यस्ता प्रश्न सोधेनन् ।’

ईशाका अनुसार यदि कोही महिला बोल्ड हुन्छिन् भने पुरुषलाई समस्या हुन थाल्छ । उनीहरूलाई यस्तो लाग्छ कि कसैले उनको पुरुषत्वलाई चुनौती दिइरहेका छन् । उनी भन्छिन्, ‘यस्ता मानिसहरू कप्टी र पाखण्डी नै हुन्, जो आफ्नो मोबाइलमा सधैं यस्ता फोटो सेभ गर्दछन् । हामी अजन्ता, एलोरा र कामसूत्र भएको देशमा बस्छौं जहाँ कुनै महिलाको फोटोसुट उनी आफैंको इच्छाशक्तिमा निर्भर हुन्छ ।’

उनी भन्छिन्, ‘मेरो तस्बिर हेरेर समस्यामा पर्ने मानिसहरू को हुन् ? यो मेरो शरीर हो र उक्त सुट कलात्मक तरिकाले गरिएको छ । एउटा पातलो रेखा छ जुन नाघेपछि तपाईं अश्लिल देखिन थाल्नुहुन्छ तर मेरो तस्बिरमा कुनै अश्लिलता छैन । मैले घृणाभन्दा धेरै प्रेम पाएकी छु । मानिसहरुले मलाई घृणा गर्नुको साटो बिर्सिएकै राम्रो ।’ ईशा गुप्ता अहिले आफ्नो नयाँ फिल्म ‘बादशाहो’को प्रोमोशनमा व्यस्त छिन् । – एजेन्सी/दैनिक नेपाल

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट