‘हामी शरणार्थी’ प्रदर्शन हुने

प्रकाशित मिति :2017-08-23 12:24:15

झापा ।

चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने भएको झापाको बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र निर्माण पक्षले जानकारी दिएको हो ।

कार्यकारी निर्माता कृष्ण पोखरेलले आफ्नो देशबाट लखेटिएर शरणार्थीको रुपमा बस्नुपर्दाको पीडा, भोग्नुपरेको सास्तीलाई पर्दामा उतारिएको जानकारी दिनुभयो । “आफ्नो थातथलो छाडेर विदेशीभूमिमा बस्नुपर्दाको पीडालाई समेटेर फिल्म निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “फिल्मको उद्देश्य भुटानी शरणार्थीको पीडालाई राष्ट्रिय, अन्तरराष्ट्रियस्तरमा पु¥याउनु हो ।”

निर्माता÷कलाकार प्रकाश शिवाकोटीले विजय केरुङले २० वर्ष लगाएर तयार पारेको शोधपत्रको आधारमा चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कलाकार दिलीप लिम्बूले चलचित्र एकपटक हेरेर मूल्यांकन गरिदिन आग्रह गर्नुभयो ।

रु ९५ लाखको लागतमा निर्माण गरिएको ‘हामी शरणार्थी’ दुई घण्टा ५२ मिनेट लामो रहेको छ । चारवटा गीत रहेको चलचित्रमा संगीत उत्तमजंग लिम्बूको, नृत्य निर्देशन कमल राई, छायाँकन सौरभ लामा र द्वन्द्व निर्देशन हिमाल केरुङले गर्नुभएको छ ।

चलचित्रमा नायक जीवन भट्टराई, नायिका शिल्पा पोखरेल, कलाकार नयन घिमिरे, विक्रम श्रेष्ठ, भूमिका उप्रेती, प्रतिमा रसाइलीलगायतले अभिनय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट