‘लक्ष्य अनुसार राजश्व संकलन भएन’

प्रकाशित मिति :2017-09-10 12:10:03

बिर्तामोड।

अर्थराज्य मन्त्री उदयशम्सेर राणालले चालू आर्थिक वर्षको दुई महिने अवधिमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताएका छन् ।
विर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थराज्यमन्त्री राणाले बाढी, पहिरो र डुवानका कारण आयात निर्यात प्रभावित भएपछि सरकारले राजश्व असुलीको लक्ष्य गुमाएको बताए । व्यापारीबाट कर कार्यालयबाट धेरै दुःख पाएको गुनासो आएको उल्लेख गर्दै राणाले मन्त्रालयबाटै मनिटरिङ हुन थालेपछि व्यापारीहरुलाई सहज हुने बताए ।
कार्यक्रममा बोल्दै अर्थराज्य मन्त्री राणाले भारत लगायत तेस्रो मुलुकसँग अदुवा, अलैंची लगायतका कृषिजन्य उत्पादनको व्यापारमा देखिने गरेको अवरोध हटाउन सरकार गम्भीर रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर १का अध्यक्ष नरेन्द्रकुमार खड्काले अदुवा लगायतका कृषिजन्य उत्पादनको सहज निर्यातका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले गुणस्तर परीक्षणका नाममा नेपाली व्यवसायीले झञ्झट व्यहोर्नु परिरहेको भन्दै प्रयोगशाला स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सांसद सुधिरकुमार शिवाकोटी, कांग्रेस झापाका उपसभापति राम कट्टेल, जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल लगायतले बोलेका थिए । कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कुमार भट्टराईले शनिवारदेखि पदभार ग्रहण गरेका छन् । उनलाई संघका अध्यक्ष बलराम कार्कीले पद हस्तान्तरण गरेका हुन् । साउन २२ गते भएको निर्वाचनबाट आगामी तीन वर्षे कार्यकालका लागि भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन अधिकृत शिवकुमार अग्रवालले शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा स्वागत बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठले गरेका थिए भने सञ्चालन महासचिव सुभाष भट्टराई र नवनिर्वाचित महासचिव भेषराज भण्डारी (प्रशान्त)ले गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट