सदस्य आकर्षण गर्न सहकारीले ल्याए नौला कार्यक्रम

प्रकाशित मिति :2017-09-13 13:54:16

दमक।

झापाका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुका लागि नयाँ–नयाँ कार्यक्रम सञ्चालनमा ल्याएका छन् । सहकारीहरुले नयाँ सदस्य आकर्षण गर्न र भइरहेका सदस्यहरुलाई आकर्षण सुबिधा उपलब्ध गराउनका लागि नौलो कार्यक्रमहरु ल्याउन थालेका हुन् ।
झापाको दमकस्थित मेची सहकारी संस्थाले केही वर्षअघिदेखि ज्येष्ठ नागरिकहरुलाई दशैं खर्चको रुपमा वृद्धभत्ता दिँदै आएको छ भने कमल गाउँपालिकाको नवोदय सहकारी संस्थाले सुत्केरी महिलाहरुलाई सुत्केरीभत्ता उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै कमल गाउँपालिकाकै इन्द्रेणी सहकारी संस्थाले सदस्यहरुलाई शौचालय बनाउनका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ । मेची सहकारी संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार सहकारीले भिन्नरुपमा सदस्यहरुलाई बढीभन्दा बढी सेवा प्रदान गर्ने उद्देश्यका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।
ज्येष्ठ नागरिक भत्ता, शेयर सदस्यको घरमा बुहारी भित्रदा बचतको बानी बिकास गराउन एक हजार ब्यालेन्ससहित निःशुल्क बुहारी खाता खोलिदिने, शरीरदान, आँखा दान लगायतका कार्यक्रमहरु लोकप्रिय रहेको उनले बताए । यी कार्यक्रमहरु अन्य सहकारीका कार्यक्रमभन्दा फरक रहेको उनको दाबी छ ।
यसैगरी कमल गाउँपालिकामा रहेको नवोदय सहकारी संस्थाले आफ्नो फरक कार्यक्रमको रुपमा सुत्केरीहरुलाई पोषण खर्च भन्दै एक हजार रुपैयाँ दिने गरेको छ । बालक जन्मेको अवस्थामा एक हजार र बालिका जन्मेको अवस्थामा थप एक हजार थपेर दुई हजार उपलब्ध गराउने गरिएको सहकारीका अध्यक्ष दिलिपकुमार चापागाईले बताए । छोरीलाई बोझ नठान्नका लागि प्रोत्साहन गर्नका लागि यस्तो गरिएको उनले बताए ।
गाँउघरमा पोषिलो खानेकुरा किनेर खाने प्रचलन नरहेको बताउँदै सहकारीले यस किसिमको कार्यक्रम ल्याएको उनको भनाइ छ । त्यसैगरी यस सहकारी संस्थाले अनिवार्य रुपमा पशु बीमाको कार्यक्रम पनि ल्याएको छ । पशुमा लगानी बढाउन र किसानको जोखिम कम गर्नका लागि सहकारी अनिवार्य रुपमा पशु बीमा कार्यक्रम ल्याएको सहकारीका ब्यवस्थापक फणिन्द्रबहादुर कार्कीले बताए । यो अभियान प्रभावकारी भएको समेत कार्कीले बताए ।
त्यस्तै पशु बीमा कार्यक्रम कमल गाउँपालिकाको लखनपुरमा रहेको लगनशील कृषि सहकारी संस्थाले पनि ल्याएको छ । दुईवर्ष अघिदेखि आफूहरुले यो कार्यक्रम ल्याएको सहकारीका अध्यक्ष डम्बर निरौलाले बताए । आफूहरुले किसानहरुको लगानी नडुबोस् भनेर कृषि बीमा कार्यक्रम पनि अनिवार्य गर्न थालेको निरौलाले बताए । त्यसैगरी लनखपुरको गेउरीयामा रहेको इन्द्रेणी सहकारी संस्थाले सहुलियत दरमा शौचालय कर्जा दिने घोषणा गरेको छ ।
वार्षिकोत्सवमा प्रस्तुत गरेको कार्यक्रममा ५० हजारदेखि एक लाखसम्म शौचालय कर्जा दिइने उल्लेख रहेको छ । सहकारीका अध्यक्ष रत्नबहादुर थापाका अनुसार सरकारले नै खुला दिसामुक्त बनाउने जनाए पनि त्यो अनुसार गरिबीका कारण काम नभएको पाइएकाले सहकारीका आबद्ध सबै सदस्यको घरमा शौचालय होस् भनेर यस्तो कार्यक्रम ल्याइएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट