अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन

प्रकाशित मिति :2017-09-13 14:48:27

झापा।

काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ । आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ ।

स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।

तर दिब्यज्योति आइ एण्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति नलिई धमाधम उपचार गतिविधि सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रशासकीय अधिकृत देवराज कार्कीले दिब्यज्योति आइ एण्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति पाइनसकेको बताउनुभयो ।

उहाँहरुले अनुमति माग्नुभएको हो, तर सञ्चालन स्वीकृति दिइएको छैन’, जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले भन्नुभयो–“स्वास्थ्यसँग सम्बन्धित क्लिनिक सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयबाट अनिवार्य अनुमति लिएको हुनुपर्ने कानूनी प्रावधान छ ।”

काँकरभिट्टाको बाहुनडाँगी रोडको पूर्वी लाइनमा भाडामा लिइएको एक घरमा दिब्यज्योतिको क्लिनिक स्थापना गरिएको छ । सेन्टरले शल्याक्रियासहितको उपचार शुरु गरेको सञ्चालक डा मोनिका कर्माचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो–“जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन गरेर अनुमति आउने प्रक्रियामा छ उपचार शुरु गर्दै गर्नु भनेकाले सेवा शुरु गरिएको हो ।” उहाँले जिल्ला जनस्वास्थ्य कार्यालयको ढिलासुस्तीका कारण क्लिनिक सञ्चालनका लागि राजश्वबापतको रकम बुझाएर पनि आफूहरुले अनुमति पाउन नसकेको बताउनुभयो ।

उपचार सेवा शुरु गरेको दिब्यज्योतिसँग कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको दिब्यज्योति आई एण्ड एयर केयर सेन्टर प्रालि नामक संस्थाको प्रमाणपत्र मात्र छ । तर कम्पनी दर्ताको भरमा मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट