नहरमा डुबेर बालक बेपत्ता

प्रकाशित मिति :2017-09-14 14:22:42

मोरङ ।

मोरङको बूढीगंगा गाउँपालिका–६ घेराबारी टोलमा बुधबार साँझदेखि नहरमा डुबेर एक बालक बेपत्ता भएका छन् । सोही ठाउँका देउमान लिम्बूका पाँचवर्षीय छोरा आर्यन लिम्बू खेल्ने क्रममा साँझ घेराबारी टोलस्थित चतरा मूलनहरमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैबीच, मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले गएराति लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान–१६ बस्ने २० वर्षीय सोरेन विश्वकर्मा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले राति ९ बजे पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट शरीरको विभिन्न भागमा लुकाएर ल्याएको लुपिजेसिक ८ एम्पुल, डाइजेल्याप ८ एम्पुल, एभिल ८ एम्पुल गरी जम्मा २४ एम्पुल बरामद गरेको छ । पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय निमुवामा राखेर थप अनुसन्धान भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

entertainment

viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin

स्व. सकुन संग्रौलाप्रति भावपूर्ण श्रद्धाञ्जलि

viagra pillen kruidvat viagra tablets how does amoxicillin work alcohol and amoxicillin viagra online amoxicillin

Read more
ताजा अपडेट