काठमाडौं,
महालक्ष्मी विकास बैंकले काठमाडौंको चाबहिलमा शाखा बिस्तार गरी सेवा सञ्चालन गरेको छ। शुक्रबादेखि उक्त शाखाबाट सेवा सञ्चालनमा आएको हो। शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले गरे।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा बिस्तार गर्ने योजना रहेको बताए।
उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक द्वय राजेशकुमार रौनियार र रुपेन्द्र पौडेलको उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 4810