Aamsanchar

खेलकुद क्षेत्रमा कोरोना असर ,प्रतियोगिता र प्रशिक्षण अनिश्चितकालका लागि बन्द

Author Image
मङ्गलवार, भदौ २, २०७७

राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण र खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि परिषद्ले अर्को सूचना जारी नभएसम्मका लागि सबै गतिविधि र कामहरु बन्द गरिएको जनाएको हो। यसअघि परिषद्ले कोरोनाका कारण चैत पहिलो सातादेखि नै खेलकुद गतिविधि बन्द गरेको थियो।

त्यसपछि सरकारले भदौ पहिलो सातादेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई तयारी गर्ने दिने निर्णय गरेको थियो। तर कोरोना भाइरसको संक्रमण बढेपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी पनि स्थगित भइसकेका छन्।

पछिल्लो समय खेलकुद क्षेत्रमा पनि कोरोना संक्रमण भइरहेको छ। स्क्वास प्रशिक्षक हिरा थापा, राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडी र नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ।

जसका कारण सातदोबाटोमा रहेका खेलकुदका कार्यालय बन्द गरिएका छन्। अब त्रिपुरेश्वरमा रहेको खेलकुद परिषद्को कार्यालय पनि बन्द गरिने भएको छ। खेलकुद परिषद्ले सोमबार निकालेको विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5406

प्रतिक्रिया (०)

सम्बन्धित खबर